विराटनगर – नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक ५६ वर्षीय स्टुअर्ट ल शुक्रबार साँझ काठमाडौँ आइपुगेका छन् । उनी एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । क्रिकेट संघका पदाधिकारीहरूले विमानस्थलमा उनलाई स्वागत गरे ।
क्रिकेट संघले गत चैत १५ मा स्टुअर्ट ललाई दुई वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनको आगमनसँगै शनिबारदेखि मुलपानी क्रिकेट मैदानमा ५२ खेलाडी सहभागी हुने प्रशिक्षण क्याम्प सुरु हुँदैछ । क्याम्पमा चार टिम बनाएर अभ्यास खेलहरू सञ्चालन गरिनेछ । यसको आधारमा टोली छनोट प्रक्रिया अघि बढाइनेछ ।
लले यसअघि बंगलादेश, वेष्ट इन्डिज, श्रीलंका, अफगानिस्तान र अमेरिकाको राष्ट्रिय टोलीको प्रशिक्षकको रूपमा काम गरिसकेका छन् । उनको नेतृत्वमा बंगलादेशले सन् २०१२ मा पहिलोपटक एसिया कपको फाइनलमा स्थान बनाएको थियो । अमेरिकाको प्रशिक्षकका रूपमा उनले टि२० विश्वकप २०२४ मा टोलीलाई सुपर एट चरणसम्म पुर्याएका थिए । सन् १९९६ को विश्वकपमा अष्ट्रेलिया उपविजेता हुँदा उनी टिमको सदस्य थिए ।
नेपाली टोलीका पूर्वप्रशिक्षक मोन्टी देशाईको दुई वर्षे कार्यकाल गत जनवरीमा समाप्त भएपछि लको नियुक्ति गरिएको हो । देशाईको सम्झौता नवीकरण नगर्ने निर्णयपछि क्रिकेट संघले ७० आवेदकबाट अन्तर्वार्ता लिई अन्ततः ललाई चयन गरेको थियो । ल नेपाली टोलीका लागि दोस्रो अस्ट्रेलियन प्रशिक्षक हुन् । यसअघि सन् २०२१ मा डेभ वाटमोरले नेपाली टोलीको नेतृत्व गरेका थिए ।
लको पहिलो चुनौती आगामी जुनमा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्ड्सविरुद्धको त्रिकोणात्मक सिरिजमा हुनेछ । हाल नेपाल १२ खेलमा दुई जितसहित लिगको सातौं स्थानमा रहेको छ । लको आगमनसँगै नेपाली क्रिकेटमा नयाँ युगको सुरुवात भएको छ । उनको अनुभव र रणनीतिक क्षमताले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
खेलकुद
इण्डो–नेपाल क्रिकेटः पटना र विराटनगर फाइनलमा
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेट कप विजेता वाइआरसीसी
द नेप्लिज संवाददाताब्राजिलका फुटबलर रोबर्टो कार्लोस नेपालमा
द नेप्लिज संवाददातातेस्राे मनमाेहन मेमाेरियल क्रिकेट प्रतियाेगिता हुँदै
द नेप्लिज संवाददातानेपाल क्रिकेट टिमका नयाँ प्रशिक्षक स्टुआर्ट लले प्रशिक्षण सुरु गरे
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares