विराटनगर– उदयपुरको उदयपुरगढीमा बिहीबार राति जन्तीको बस र मिनी ट्रक ठोक्किँदा एक यात्रुको मृत्यु भएको छ । २६ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार बाराबाट जन्ती लिएर गाईघाट जाँदै गरेको बस र तेजपत्ता बोकेर निस्कँदै गरेको मिनी ट्रक ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते बारागढी गाउँपालिका–४ का ७० वर्षीय सीताराम धामीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले भनेको छ ।
प्रहरीका अनुसार बाराको बारागढी गाउँपालिका–४ का १५ वर्षीय दीपक चौधरी, ४२ वर्षीय श्रीकान्त बछार र ५५ वर्षीय बलिराम चौधरी पनि गम्भीर घाइते छन । घाइते हुनेहरु सबै जन्ती आउनेहरु हुन् । यान्त्रिक गडबडीले दुर्घटना भएको सुरुवाती अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares