६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

रिंकु मृत्यु सम्बन्धमा आठ जनासँग प्रहरीले सोधपुछ गर्दै

द नेप्लिज संवाददाता
११ फागुन २०८१, आइतबार

Advertisement

विराटनगर–  सिरहाकी किशोरी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । छानबिन समितिका संयोजक तथा एसएसपी शान्तिराज कोइरालाले आठ जनासँग सोधपुछ भइरहेको बताए  । प्रहरीले नियन्त्रणमा लिइएकाहरूमा पञ्चायी बस्नेदेखि प्रत्यक्षदर्शी लगायत छन् । अवस्था हेरेर छाड्ने सकिने वा मतियारमा मुद्दा चलाउन समेत सकिने उनले बताए ।

‘अनुसन्धान हुँदैछ, अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने निर्णय हुन्छ,’ उनले भने । उनीहरुका विरुद्ध जाहेरी भने नपरेको प्रहरीले जनाएको छ । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा घरमा झुण्डिएको भेटिएकी थिइन् । त्यअघि २७ माघमा राति शौच गर्न बाहिर निस्केकी रिंकु ६ घण्टासम्म परिवारको सम्पर्कमा थिइनन् । उनी बिहानीपख ३ बजे घरमा अचेत अवस्थामा फेला परेकी थिइन् । उक्त घटनामा गाउँमा पञ्चायती बसेर क्षतिपूर्ति वापत बलात्कारका पीडकबाट १ लाख ४० हजार रुपैयाँ दिन लगाउने निर्णय भएको थियो ।  तर पञ्चायती नमिल्दा पीडक पक्षद्वारा प्रहरीमा गएर मुख नखोल्नु भन्ने  धम्कि पछि पीडित घरमा झुण्डिएको अवस्थामा मृत्य फेला परेकी थिइन् ।

उनले परिवारजन र समाज सामु आफूसँग सामूहिक बलात्कार भएको बताएकी थिइन् । यो अपराध भित्रभित्रै मिलाएर सामसुम पार्न गाउँमै पञ्चायत बसेको थियो ।  रिंकुलाई राती बेपत्ता पार्ने तीन युवक सहित गाउँमा भेला गराएर घटना दबाउनेहरुलाई प्रहरीले खोजीरहेको छ ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट अहिलेसम्म रिंकुको शव पोस्टमार्टम रिपोर्ट नआएको कोइरालाले बताए ।

यता सिरहाको छिमेकी जिल्ला सप्तरीको राजविराजमा आइतबार रिंकुकुमारीको न्यायका लागि दबाब स्वरूप खबरदारी प्रदर्शन गरिएको छ । नेपाल राम समाजको आयोजना तथा दलित सम्बन्धी विभिन्न संघ–संस्थाको समन्वयमा प्रदर्शन भएको हो ।  दलित समुदायमाथि बलात्कार, हत्या, अपहरण, उठिबास, छुवाछुत र दमन शोषण भइरहेको आरोप लगाउँदै प्रदर्शनकारीले संलगनहरुलाई कडा कारबाहीको माग गरेका छन् । रिंकुको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनाको सूक्ष्म छानबिन गरी दोषीलाई कारबाही तथा पीडित परिवारलाई न्यायका लागि राज्यपक्ष जिम्मेवार हुनुपर्ने माग समेत उनीहरुको माग छ ।

प्रकाशित : ११ फागुन २०८१, आइतबार 17:35
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved