३० वैशाख २०८२, मङ्गलबार 13 May 2025, Tuesday

४२ लाख रुपैयाँसहित दुई हुण्डी कारोबारी पक्राउ

द नेप्लिज संवाददाता
२९ वैशाख २०८२, सोमबार

Advertisement

विराटनगर — हुण्डीमार्फत अवैध वित्तीय कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट ४२ लाख १० हजार रुपैयाँ बरामद गरिएको छ।पक्राउ पर्नेहरुमा काठमाडौँ महानगरपालिका–३२ बस्ने खोटाङ बराहपोखरी गाउँपालिका–२ का २३ वर्षीय विजय कुमार राई र रामेछाप मन्थली नगरपालिका–६ निवासी २८ वर्षीय खेटराज श्रेष्ठ रहेका छन्।

काठमाडौँ–२२ स्थित न्युरोड क्षेत्र आसपास हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमां उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत उनीहरूले गैरकानुनी रूपमा रकम ओसारपसार गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।प्रहरीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।
 

प्रकाशित : २९ वैशाख २०८२, सोमबार 19:16
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved