३० वैशाख २०८२, मङ्गलबार 13 May 2025, Tuesday

मानव बेचबिखन आरोपमा आलिया खातुन पक्राउ

द नेप्लिज संवाददाता
२९ वैशाख २०८२, सोमबार

Advertisement

विराटनगर — मानव बेचबिखन तथा ओसारपसारको आरोपमा वीरगञ्ज महानगरपालिका–१६ की २० वर्षीया आलिया खातुनलाई  प्रहरीले पक्राउ गरेको छ।

खातुनले विभिन्न प्रलोभन देखाइ एक महिलालाई भारतको बिहार, रक्सौलस्थित होटलमा यौन क्रियाकलापमा संलग्न गराएको उजुरीपछि इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पीडितलाई पनि उद्धार गरेको जनाएको छ।

आलियामाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा अनुसन्धान अघि बढाइएको छ। पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिइ थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित : २९ वैशाख २०८२, सोमबार 19:32
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved