एफ वान सफ्ट प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार एवं विवादित मान्छे असगर अलीको स्वामित्वको कम्पनी हो।ई–सेवा निर्माण र सञ्चालन एफ वान सफ्टले गरेको हो। पछिल्लो प्राविधिक समस्यासँगै ह्याकिङ सतहमा आएको छ। करिब ६ महिनाअघि एफ वान सफ्टको सिटिजन्स बैंकमा रहेको खाता ह्याक भएको र त्यहाँ राखिएको रकम ह्याकरहरूले निकालेर लगेको घटनाको पृष्ठभूमिमा अहिलेको समस्या पनि ह्याकर समूहको आक्रमणको निरन्तरता भएको एक जानकारले बताए ।
विराटनगर— विश्वकै सबैभन्दा सस्तो एवं कमजोर साइबर सुरक्षा प्रणाली प्रयोग गरेर सर्वसाधारणबाट दैनिक प्रशस्तै मुनाफा कमाउँदै आएको नेपालको प्रमुख मोबाइल वालेट सेवा प्रदायक ई–सेवाको प्रणाली ह्याक भए पछि कारोबार ठप्प भएको छ।
सोमबार साँझदेखि ई–सेवाको सिस्टममा अवरोध आउन थालेको र प्रयोगकर्ताहरूले लगइन गर्न नसक्ने, लगइन भए पनि कारोबार नहुने समस्या भोगिरहेका छन्। ई–सेवाका साहुहरुले प्राविधिक समस्या आएको घुमाउरो जवाफ दिंदै ह्याक भएको तथ्य ढाकछोप गरेका छन् । यसको कारणबारे अनुसन्धान गरिरहेको भन्दै उनीहरु आममान्छेलाई मूर्ख बनाइरहेका छन् ।
हालसम्म समस्या किन आएको भन्ने यकिन भइनसकेको बताइएको छ। तर सेवाग्राहीले मोबाइल वालेटमार्फत गरेका लेनदेन देखाउन छाडेको र कारोबार नै ठप्प भएकोले सर्वसाधारण प्रभावित भएका छन्।
ई–सेवा निर्माण र सञ्चालन एफ वान सफ्टले गरेको हो। पछिल्लो प्राविधिक समस्यासँगै ह्याकिङ सतहमा आएको छ। करिब ६ महिनाअघि एफ वान सफ्टको सिटिजन्स बैंकमा रहेको खाता ह्याक भएको र त्यहाँ राखिएको रकम ह्याकरहरूले निकालेर लगेको घटनाको पृष्ठभूमिमा अहिलेको समस्या पनि ह्याकर समूहको आक्रमणको निरन्तरता भएको एक जानकारले बताए ।
एफ वान सफ्ट प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार एवं विवादित मान्छे असगर अलीको स्वामित्वको कम्पनी हो। हाल प्रविधिगत समस्या समाधानको प्रयास भइरहेको जनाइएको छ। एक साइबर सुरक्षा विज्ञका अनुसार चर्चित व्यक्तित्व र सेलिब्रेटिको अनुहार बेचेर व्यवसाय चलाइरहेको ई–सेवाको कमजोर र सस्तो साइबर सुरक्षा प्रणालीलाई हयाकरहरुले निरन्तर लक्षित गरिरहेकोले सर्वसाधारणले यसको प्रयोग गर्नुहुन्न । ई–सेवा खोल्दा आममान्छेको मोबाइल, डेस्कटप, ल्यापटप र ट्याब्लेट ह्याक भएर जीवनभरिको कमाइ सकिने उनीहरुले चेतावनी दिएका छन् ।
#ई–सेवा#को #प्रणाली #ह्याक
अर्थ/वाणिज्य
डलरको भाउ फेरि बढ्यो
द नेप्लिज संवाददाता२३ वर्षदेखि भिजिट भिसाको ओडारमा महिला तस्करी, सबै गृहमन्त्रीको संलग्नता शंकाको घेरामा
द नेप्लिज संवाददातातुलसी सहकारी घोटाला : अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद, ६९ करोड बिगो र जरिवाना
द नेप्लिज संवाददातापतञ्जलीले विदेशबाट ल्याएको अरबौंको रकम शंकास्पद, स्रोत र खर्चको प्रमाण नभेटिएको अख्तियारको दाबी
अमेरिकी डलरको बिक्रीदर १३७.५७ रुपैयाँ
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares