४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

आजबाट रंगेलीमा राहदानी सेवा

द नेप्लिज संवाददाता
२७ माघ २०८१, आइतबार

Advertisement

 

मोरङ– अब रंगेलीबासीले राहदानी बनाउन विराटनगर वा अन्यत्र जानु पर्दैन । आज आइतबारबाट ईलाका प्रशासन रंगेलीमा विद्युतीय राहदानी सेवा सञ्चालन भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।

यस अघि मोरङको हकमा जिल्ला प्रशासन कार्यालय र उर्लाबारीस्थित ईलाका प्रशासन कार्यालयमा यो सेवा उपलब्ध थियो । अब ईलाका प्रशासन रंगेलीको कार्यक्षेत्रमा पर्ने विभिन्न पालिकाका सेवाग्राहीले राहदानीकै लागि मात्र विराटनगर आउनु पर्ने बाध्यता हटेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय मोरङको अनुसार उक्त ईलाका प्रशासन कार्यालय अन्तर्गत पर्ने स्थानीय तहका नागरिकले कृषि विकास बैंक रंगेली शाखामा निर्धारित राजस्व बुझाइ उक्त सेवा लिनसक्छन् । मोरङकै पुरानो बजार रंगेलीमै राहदानी बन्न थाले पछि उक्त क्षेत्रका स्थानीयले खुशी व्यक्त गरेका छन् ।  
 

प्रकाशित : २७ माघ २०८१, आइतबार 14:35
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved