६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरूको सूचना माग्दै प्रहरी

द नेप्लिज संवाददाता
१७ चैत २०८१, आइतबार

Advertisement

विराटनगर– राजसंस्था पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा भएको प्रदर्शनका क्रममा अराजक गतिविधि र लुटपाटमा संलग्नहरूबारे सूचना दिन नेपाल प्रहरीले आग्रह गरेको छ ।

प्रहरी मुख्यालयद्वारा जारी सार्वजनिक सूचनामा अनुसन्धानको प्रमाण संकलनका लागि सर्वसाधारणसँग भएका तथ्यपरक सूचना (फोटो, भिडिओ, संलग्नको विवरण) उपलब्ध गराइ अनुसन्धानमा सहयोग गरिदिन भनिएको छ ।

काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटीलगायतका विभिन्न क्षेत्रहरूमा शुक्रबार निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत निजी तथा सरकारी सवारीसाधनहरूमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी आपराधिक गतिविधि भएको थियो । सूचनाकर्ताको गोपनीयता कायम रहनेसमेत बताइएको छ । सूचना पठाउनका लागि प्रहरीले ईमेल आईडी सार्वजनिक गरेको छ ।
 

प्रकाशित : १७ चैत २०८१, आइतबार 17:42
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved