विराटनगर– मोरङ, सुनसरी र झापाको विभिन्न ठाउँबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ५ बाट लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले जाँको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को२३प ४१ नम्बरको स्कुटरमा सवार सुनसरीको धरान उपमहानगरपालिका ८ का २३ वर्षीय कुबिर राई र २१ वर्षीय समिर राईलाई २ ग्राम ७९० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
त्यसैगरी सुनसरी धरान उपमहानगरपालिका १३ बाट अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले जाँचको क्रममा स्थानीय २४ वर्षीय धने राईलाई १ ग्राम २२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो भने झापाको कनकाई नगरपालिका ४ बाट इलाका प्रहरी कार्यालय सुरुङगाले स्थानीय ३३ वर्षीय ईन्द्र चौधरी र उनकी पत्नी ३२ वर्षीया ममता चौधरीलाई ८ किलो ४० ग्राम लागूऔषध गाँजा सहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares