विराटनगर । कोशी प्रदेश सरकार मातहत रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रदेशभरि सेवा वितार गर्न लागेको छ । प्रयोगशालाले १४ वटा जिल्ला अस्पतालका साथै ५ वटा नगर अस्पतालबाट नमूना संकलनका लागि नेपाल क्यान मुभसँग आइतबार सम्झौता गरेर सेवा विस्तारको तयारी गरेको हो ।
सम्झौता अनुसार क्यानले जिल्ला अस्पताल र नगर अस्पतालहरुबाट नमूना संकलन गरेर प्रयोगशालासम्म ल्याउनेछ । प्रयोगशालाले नमूना परीक्षण गरेर सम्बन्धित अस्पतालहरुमा रिपोर्ट पठाउने प्रणालीको विकास गरेको छ । सम्झौता पत्रमा प्रयोगशालाको तर्फबाट निमित्त कार्यालय प्रमुख प्रकाश चन्द्र कार्की र नेपाल क्यानको तर्फबाट विराटनगर शाखा प्रमुख सन्दिप तिम्सिनाले हस्ताक्षर गरेका हुन् ।
सुलभ मुल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा प्रदेशभरि वितार गर्न लागेको निमित कार्यालय प्रमुख प्रकाश चन्द्र कार्कीले बताए । यसअघि उक्त प्रयोगशालाको सेवा मोरङ भित्रका अस्पतालहरुमा मात्र थियो । सेवा विस्तारका लागि मोरङ र सुनसरी जिल्लाका अस्पतालहरुसँग सम्झौता गरिएको उनले बताए । विस्तारै १४ वटै जिल्ला अस्पताल र ५ वटा नगर अस्पतालहरुमा पनि सम्झौता गर्ने तयारी गरेको उनले बताए ।
‘सम्झौता भएपछि अस्पतालमा नहुने परीक्षणहरु प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाउने, अस्पतालले नमूना क्यानलाई दिएर पठाउन, क्यानले नमूना ल्याएपछि प्रयोगशालामा परीक्षण गरेर अनलाइनमार्फत रिपोर्ट सम्बन्धित हस्पिटलमा पठाउनेछौं,’ उनले भने, ‘प्रयोगशालामा आएको नमूना यहाँ हुँदैन भनेर कसैलाई पनि फर्काउने छैन । त्यसको लागि यहाँ परीक्षण नहुने जाँचको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग पनि सम्झौता गरेका छौं । त्यहाँ गराएर सेवा दिने सम्पूण तयारी गरेका छौं ।’
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जनस्वास्थ्यसँग सम्बिन्धत र अस्पतालमा आधरिता सम्पूर्ण जाँच हुने गरेको उनले बताए । यहाँ अत्याधुनिक उपकरणहरुबाट हजार बढी जाँच गुणस्तरी रुपमा हुने गरेको उनले सुनाए ।
नेपाल क्यानको तर्फबाट विराटनगर शाखा प्रमुख सन्दिप तिम्सिनाले सन् २०१९ मा स्थापना भएको क्यानको ७७ वटै जिल्लामा शाखा कार्यालयहरुबाट होम डेलिभरी सेवा दिँदै आएको बताए । प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग सम्झौता गरेपछि छिटो र छरितो तरिकाले मानव जैविक नमूनाहरु संकलन गरी तोकिएको मापदण्ड अनुसार सुरक्षित ढुवानी गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै कोशी प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सस्तोमा गुणस्तरीय सेवा दिँदै आएको प्रदेशका सबै नागरिकसम्म पुर्याउनुपर्ने बताए । अहिले पनि धेरै नागरिकले प्रदेश जनस्वास्थ्यले प्रवाह गर्ने सेवा बारे अनभिज्ञ रहेको भन्दै मन्त्री राईले त्यसको जानकारी दिनका लागि पनि स्वास्थ्य जनचेतना फैलाउन जरुरी रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा विस्तार १४ वटै जिल्लामा पुर्याउन मन्त्रालयले सबै प्रकारको सहयोग गरेर अगाडी बढने बताए । प्रदेशले प्रदान गर्ने सेवा गुणस्तरीय र भरपर्दो बनाउनु पर्नेमा उनले जोड दिइन् ।
स्वास्थ्य
रिर्जभ एन्टिबायोटिक्स औषधी सबै फार्मेसीबाट बिक्रीको माग
द नेप्लिज संवाददातास्वास्थ्य सेवा सहज बनाउन दुई हजार पाँच सय स्वास्थ्यकर्मी यो वर्ष थप्दै छौंः स्वास्थ्यमन्त्री पौडेल
द नेप्लिज संवाददाताप्रदर्शनमा उत्रिए आवासीय चिकित्सकहरू
द नेप्लिज संवाददाताभुक्तानी दायित्व १६ अर्ब ४५ करोड, कोषमा मात्र १ अर्ब
द नेप्लिज संवाददातासरकारको निर्णय लत्याउँदै निजी मेडिकल कलेज
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares