विराटनगर-- ताप्लेजुङको पाथिभरामा केबलकार निर्माण रोक्न माग गरिएको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ। सोही प्रकृतिको रिट सर्वोच्चमा विचाराधीन रहेकाले सर्वोच्चका रजिष्ट्रार भद्रकाली पोखरेलले दरपीठको आदेश दिएका हुन्।
‘प्रस्तुत निवेदन दर्ताको सम्बन्धमा हेर्दा, सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ (२) अनुसार उही विषयमा कसैले अघि नै रिट निवेदन दायर गरी अदालतमा विचाराधीन रहेको विषय निवेदन दायर गर्न ल्याएको रहेछ भने सम्बन्धित अधिकारीले आधार र कारण खुलाई त्यस्तो लिखत दरपीठ गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ,’ सर्वोच्चले भनेको छ। आदिवासी कानुन व्यवसायी संघबाट लक्ष्मी तामाङले सर्वोच्चमा रिट निवेदन दिएका थिए। यसअघि किराँत याक्थुङ चुम्लुङको तर्फबाट आईन्द्र कुमार लिम्बुले २०७७ फागुन ३ मा दर्ता गरेको रिट विचाराधीन रहेको सर्वोच्चले जनाएको छ।
समाचार
प्लाष्टिकले पृथ्वी र मानव अस्तित्व संकटमाः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददाताकोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares