काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सर्वोच्च अदालतले पुरानो रिट सच्याउन अवसर दिएको छ । उनले आफ्नो ३ वर्ष पुरानो मुद्दाको समाधानका लागि बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च प्रशासनले रिटमा प्रक्रिया पूरा नगरेको भन्दै यसलाई सच्याउन समय दिएको हो ।
सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले शाक्यका कानुनी प्रतिनिधिहरूसँग छलफल गरेपछि रिट सच्याउने निर्णय गरिएको थियो । स्रोतका अनुसार शाक्य पक्षले रिट सच्याएर आजै पेस गर्ने तयारी गरेको छ ।
शाक्यको रिटको विषय भने २०७७ मा आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट ऊर्जा आयोगमा सरुवा गर्ने निर्णयलाई गलत ठहराउँदै आफ्नो सेवासुविधा पुनः प्राप्त गर्ने मागसँग सम्बन्धित थियो । उक्त रिटको पेसी २०८२ असार १० का लागि तोकिएको छ ।
घिसिङको रिट पनि दर्ता
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रूपमा हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । बुधबार वारेसमार्फत् रिट पेश गरेपछि, सर्वोच्च अदालतले बिहीबार उक्त रिट दर्ता गरेको पुष्टि गरेको छ । घिसिङले प्रधानमन्त्रीको कार्यालय, ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई विपक्षी बनाएर रिट दिएका हुन् ।
सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकमा शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । यो कानूनी विवादले नेपाल विद्युत् प्राधिकरणको नेतृत्वको विषयमा नयाँ मोड लिएको छ । भविष्यमा यसको परिणामले प्राधिकरणको कार्य संचालनमा प्रभाव पार्न सक्छ ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares