काठमाडौं– नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो अघिल्लो कार्यकालको विवाद समाधान गर्न सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।
शाक्यलाई २०७७ माघमा कार्यकारी निर्देशक नियुक्त गरिएको थियो । तर २०७८ साउनमा सरकारले उनलाई पदमुक्त गर्दै कुलमान घिसिङलाई पुनः नियुक्त गरेपछि शाक्यले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
शाक्यको रिटमा चार वर्षसम्म फैसला नभएपछि, उनले पुनः सर्वोच्च अदालतमा आफ्नो मुद्दा छिटो टुंग्याइदिन माग गर्दै रिट दायर गरेका छन् । उनले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आफूलाई पदबाट हटाइएको आधिकारिक पत्र नपाएको र आफ्नो संवैधानिक अधिकार हनन भएको दाबी गरेका छन् ।
शाक्यले आफ्नो कार्यकालको विवाद समाधान गर्दै न्याय प्राप्त गर्ने अपेक्षा गरेका छन् । नवनियुक्त कार्यकारी निर्देशक शाक्यले मंगलबार साँझ पदभार सम्हालेका हुन् ।
नेपाल सरकारले कुलमानलाई बर्खास्त गर्दै शाक्यलाई दोस्रो पटक कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेको हो । कुलमानले पनि बुधबार साँझ पुनः पदबहालीको माग गर्दै नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट हालेका छन् ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares