विराटनगर– काेशी प्रदेशकी राज्यमन्त्री सृजना राईले लाेकतन्त्रकाे प्रबर्न्धनका लागि महिलाकाे अर्थपूर्ण सहभागिता अपरिहार्य रहेकाे बताइन् ।
११५ अैाँ अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा नेपाल पत्रकार महासंघ माेरङले बुधबार आयाेजना गरेकाे सञ्चार क्षेत्रमा पत्रकार महिलाहरूकाे अर्थपूर्ण सहभागिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले महिलाहरूलाई सजावटकाे रूपमा मात्रै देखिनु दुर्भाग्य भएकाे बताइन् ।
´महिलाहरूकाे अर्थपूर्ण सहभागिता महिलाकाे लागि मात्रै नभइ विद्यमान समाजिक विभेद, असमानता, पतृसत्तात्मक व्यवस्थालगायतकाे समस्या समाधानका लागि र लाेकतन्त्र प्रबन्धनका लागि पनि आवश्यक छ,` उनले भने, ´महिलालाई हेर्ने दृष्टिकाेण बदल्नुका साथै महिलाकाे नेतृत्वदायी भूमिका प्रबन्धनका लागि पनि सबैकाे पहल र भूमिका महत्वपूर्ण छ ।`
महिलालाई हेर्ने दृष्टिकाेण नबदलेसम्म पुरूषवादी समाज बदलिन नसक्ने राज्यमन्त्री राईकाे भनाइ थियाे । ´महिलाकाे प्रभावकारी कामलाई उजागर, प्राेत्साहन र राज्यकाे लगानिले मात्रै समाजिक रूपान्तरण हुन्छ,` उनले भनिन्, ´पुरूषकाे तुलनामा महिला नेतृत्वमा बढी सूशासन देखिसकिएकाे छ । त्यसैले महिलालाई हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका प्रदान गरेर समतामूलक समाज निर्माण सबै एकजुट हाैँ ।`
सामाजिक मन्त्रालयका सचिव हेमराज तामाङले महिला पत्रकारहरूकाे आत्मरक्षा र क्षमता अभिवृधीका लागि आउँदाे बजेटमा व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा पत्रकार महाप्रसाद खतिवडा र बन्धु पाेखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए । पत्रकार महासंघ माेरङकी अध्यक्ष सुशिला पाठककाु अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, महासंघ काेशी अध्यक्ष भरत खडका, पत्रकार बिक्रम लुइटेललगायतले बिचार व्यक्त गरेका थिए ।
प्रदेश
कडा रोगीलाई साढे आठ करोड बाँड्दै प्रदेश सरकार
द नेप्लिज संवाददातादुर्व्यसन विरुद्धको अभियान सुरु
द नेप्लिज संवाददातासमस्याग्रस्त सहकारीको समस्या समाधानका नाममा १ करोड २८ लाख खर्चिदै कोशी सरकार
द नेप्लिज संवाददाताप्रदेशस्तरीय ‘फ्रि मिडिया नेटवर्क’ गठन
द नेप्लिज संवाददातानेपाल ब्यूटिसियन संघ कोशीको अध्यक्षमा सुधा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares