काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७, क्षेत्रपाटी बसोबास गर्दै आएका भारत बिहारका ४१ वर्षीय नुनु राय हुन् ।
साइबर ब्यूरोका अनुसार रायले फेसबुकमार्फत एक महिलासँग मित्रता गरेका थिए। सम्बन्ध गहिरिएपछि भेटघाटका क्रममा भएका अन्तरंग क्षणहरू उनले गोप्य रूपमा रेकर्ड गरेका थिए। पछि आपसी विवाद भएपछि ती सामग्री पीडित महिलाका आफन्त तथा साथीभाइलाई म्यासेन्जरमार्फत पठाई चरित्र हत्या गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
घटनाको अनुसन्धानलाई अघि बढाउन जिल्ला अदालत काठमाडौंबाट रायविरुद्ध ७ दिनको म्याद थप अनुमति लिइएको छ। उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान गरिँदैछ।
प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग नगर्न र कसैको गोपनीयता भंग गर्ने कार्य कानुनी अपराध हुने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको छ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares