विराटनगर– बोरामा प्याक गरेर बागमती नदी माझ शव फालिएको रहस्मय घटनामा प्रहरीले थप एक जनालाई सोमबार पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पेम्बा तामाङलाई पक्राउ गरेको छ । यो घटनाका सबै ६ आरोपी पक्राउ परेको प्रहरीले बताएको छ ।
यसअघि प्रहरीले सर्लाहीको बागमती ढुंगेखोलाका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौंडा शिखरपानीका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउरालीका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिनेकी २० वर्षीया पूजा परियार र एक नाबालकलाई पक्राउ गरेको थियो । उनीहरु माथि सनाखत हुन बाँकी करिब ३०/३५ वर्षकी युवतीको शव बोरा र तन्नामा प्याक गरेर बागमती नदीमा फालेको आरोप छ । प्रहरीका अनुसार शनिबार दिउँसो करिब १२ बजेतिर गोकर्णेश्वर–७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा बोरामा प्याक गरेको अवस्थामा महिलाको शव फेला परेको सूचना प्रहरीले पाएको थियो ।
पक्राउहरूले मृतक महिलाको घर ओखलढुंगा बताउने गरे पनि अहिलेसम्म पहिचान स्थापित हुन नसकेको प्रहरीले भनेको छ । पक्राउ परेकाहरू महांकाल, बौद्ध, जोरपाटी, नारायणटार लगायत क्षेत्रमा ज्याला मजदुरी गर्ने भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मृत फेला परेकी युवती र हाल थुनामा रहेकी पूजा भने होटलमा भाँडा माझ्ने काम गर्थे । भाँडा माझेबापत पाएको रकम नसकिएसम्म मौजमस्ती गरिहिंडने जमात भएको प्रहरीले जनाएको छ ।
काम र बसाइको ठेगान नभएका उनीहरुले रकम हुनासाथ मदिरा र गाँजा सेवन गर्ने गरेको प्रहरी समक्ष बताएका छन् । घटना भएको रात समेत उनीहरूले मादक पदार्थ सेवन गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरु राति एकै कोठामा बसेका थिए । घटना भएपछि भने दुई युवकहरु फरार भएको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा अधिकृतहरूका अनुसार यो घटना २० फागुनको राति भएको हो । मृत भेटिएकी युवती, पक्राउ पूजा, कैलाश खड्का र सुरेश तामाङ राति सँगै पूजाको कोठामा सुतेका थिए । सँगै सुतेका उनीहरू बिहान उठ्दा भने कैलाश र सुरेश भने फरार भइसकेका थिए । पक्राउ परेकी पूजाले प्रहरीलाई दिएको बयान अनुसार बिहान उनले हाल मृत भेटिएकी अर्की युवतीलाई उठाउन खोज्दा उठिनन् । आफूहरूले हत्या नगरेको उनले दाबी गरेकी छन् ।
शवमा कतै घाउ चोट समेत नेदेखिएकाले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका अन्यले पनि राति सँगै सुतेको र बिहानीपख हेर्दा मृत देखेपछि फसिने डरले आफूहरुले शव व्यवस्थापन गरेर फरार भएको भनिरहेका छन् । ती युवती मृत भेटिएपछि पूजाले घटनाबारे हाल पक्राउ परेकाहरूलाई भनेकी थिइन् । त्यसपछि अन्य व्यक्ति समेत आएर शव छोपछाप गरेर कोठामै राखे । चार दिनसम्म शव कोठामै राखे पछि दूर्गन्ध आउन थाल्यो । अरूले थाहा पाउलान् कि भन्ने डरले उनीहरूले तन्ना र बोराले प्याक गरेर बागतमती नदीमा फालेको बयान दिएका छन् ।
घटनापछि प्रहरीले गरेको अनुसन्धानमा पनि सीसीटीभी फुटेजमा ४ जना भएर शनिबार बिहानीपख ४ बजे तिर बोरामा झुन्ड्याउँदै बागमतीमा शव फालेको देखिन्छ । सीसीटीभी फुटेजमै देखिएको हुलियाको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । हाल पक्राउ परेकी पूजा शव व्यवस्थापनपछि सिन्धुपाल्चोक पुगेकी थिइन् । सिन्धुपाल्चोकबाट पुनः फर्केर काठमाडौं आएका बेला लोकन्थलीबाट पूजा पक्राउ परेकी हुन् । पेम्बालाई प्रहरीले महांकालबारीबाट पक्राउ गरेको हो । बाँकी चार जनालाई गोठाटारस्थित राधाकृष्ण मन्दिर नजिक एकै ठाउँमा बसिरहेको बेला प्रहरीले पक्राउ गरेको हो । यो घटनाका ६ जनै आरोपी पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना रहस्यम देखिएले हत्या भए, नभएको पोस्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिन्छ ।
समाचार
संविधान र गणतन्त्रको रक्षामा तीन शीर्ष दलको सहमति
द नेप्लिज संवाददातासंघीय निजामती विधेयकविरुद्ध स्थानीय तहका कर्मचारीको आन्दोलन सुरु
द नेप्लिज संवाददाताराप्रपाको चेतावनीपछि गृह मन्त्रालयको कडा सन्देश
द नेप्लिज संवाददाता‘२०८२ जेठ १५ मा गणतन्त्रको अन्त्य हुने’
द नेप्लिज संवाददाताराजावादी प्रदर्शन, शिक्षकको रणनीति परिवर्तन, राजधानीमा आज तनाव बढ्ने संकेत
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares