विराटनगर- राष्ट्रिय दलित आयोगले अन्ततः सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा रौनियारको जोडीमाथि राज्यबाट भएको अत्याचारको विषयमा बोलेको छ । उसले तटस्थ ढंगले छानबिन गरी कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायत उच्च अधिकारीलाई आयोगमा बोलाएर उसले उक्त मुद्दासहित दलित समुदायमाथि भइरहेका विभेदपूर्ण अन्यायका घटनामा संवेदनशील भएर कानूनी उपचारका लागि पहल गर्न निर्देशन दिएको छ ।
उक्त जोडीलाई छुटाउन खोज्ने, पक्राउ गर्ने र यातना दिनेविरुद्ध अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिएको आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले बताए । छलफलमा आयोगका अध्यक्ष देवराज विश्वकर्मा तथा सदस्यहरूले उक्त विषयमा प्रहरीसँग सोधपुछ गरेका थिए ।
प्रवक्ता पुर्कुटीले यो सन्दर्भमा विज्ञप्ति जारी गर्दै उनीहरूको सुरक्षामा ध्यान दिन पनि निर्देशन दिइएको भनेका छन् । यस बारेमा आयोगले चासो नदिएको भन्दै दलित अधिकारकर्मीहरूले गत आइतबार ज्ञापनपत्र बुझाएका थिए। घटना बाहिरिएको १० दिनपछि बल्ल आयोगले यो विषयमा मुख खोलेको हो।
यो प्रकरणमा गृहमन्त्रीको भूमिकाको विषयमा भने आयोगले खुलाएको छैन । पीडित सत्येन्द्रले गत २४ पुसमै आफूलाई प्रहरीले यातना दिएको र श्रीमतीलाई बेपत्ता बनाएको भन्दै आयोगमा निवेदन दिएका थिए ।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares