२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

भारतद्वारा बंगलादेशी तयारी कपडाको भूमि मार्ग आयातमा रोक

द नेप्लिज संवाददाता
४ जेठ २०८२, आइतबार

Advertisement

विराटनगर– भारतले बंगलादेशबाट तयारी पोसाक (रेडीमेड गार्मेन्ट) लगायत केही वस्तुहरूको भूमि मार्ग हुँदै हुने आयातमा रोक लगाएको छ। शनिबार जारी गरिएको सूचनामार्फत भारतको वाणिज्य मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले उक्त प्रतिबन्धको जानकारी गराएको हो।

नयाँ प्रावधानअनुसार अब बंगलादेशबाट तयारी पोसाकको भारत आयात भूमि बन्दरगाहमार्फत गर्न पाइने छैन। यस्तो वस्तुको आयात अब न्हावाशेवा बन्दरगाह र कोलकाता बन्दरगाहमार्फत मात्र गर्न सकिनेछ। प्रतिबन्ध शनिबारदेखि नै लागू भएको उक्त महानिर्देशनालयले स्पष्ट पारेको छ।

यद्यपि माछा, एलपीजी, कुचिएको ढुंगा र खाद्य तेलको हकमा भने बन्दरगाह प्रतिबन्ध लागू नहुने बताइएको छ।

जारी सूचनामा भारत हुँदै नेपाल र भुटान जान बंगलादेशबाट ट्रान्जिटमार्फत पठाइने सामानहरूमा भने यो प्रतिबन्ध लागू नहुने उल्लेख गरिएको छ। यसको अर्थ भारतमार्फत बंगलादेशबाट नेपाल आउने तयारी पोसाकमा तत्काल कुनै प्रत्यक्ष प्रभाव नपर्ने देखिन्छ।

तर व्यापार विश्लेषकहरूका अनुसार भूमि मार्गमार्फत हुने सहज र सस्तो ढुवानी बन्द हुँदा नेपाल भित्रिने सामग्रीमा ढुवानी समय तथा लागत बढ्ने सम्भावना छ। भारतको निर्णयले नेपालमा बंगलादेशी तयारी कपडामा निर्भर खुद्रा व्यापारी र साना व्यवसायीहरू प्रभावित हुन सक्ने देखिन्छ।

भारतले स्वदेशी उद्योग संरक्षण र व्यापार सन्तुलनको रणनीतिअन्तर्गत यस्तो कदम चालेको अनुमान गरिँदैछ। नेपाल र भुटानमाथि प्रतिबन्ध नलगाउनु भने भारतले छिमेकी मुलुकसँगको सम्बन्धमा सन्तुलन कायम राख्न खोजेको संकेतका रूपमा लिइएको छ।

#भारत# बंगलादेश#बाट# तयारी# पोसाक

प्रकाशित : ४ जेठ २०८२, आइतबार 11:25
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved