२९ वैशाख २०८२, सोमबार 12 May 2025, Monday

राष्ट्रपति पौडेलको बुद्धजयन्ती सन्देश

द नेप्लिज संवाददाता
२९ वैशाख २०८२, सोमबार

Advertisement

विराटनगर — राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीक महामानव गौतमबुद्धको जन्मभूमि नेपाल हुनु सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको बताएका छन्।

२५६९औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले बुद्धको जीवन, उपदेश र मार्गदर्शनको स्मरण गर्दै धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकता सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।

वैशाख शुक्लपक्षको पूर्णिमा तिथिका दिन बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको दिनलाई बौद्ध धर्मावलम्बीहरूले श्रद्धा एवं भक्तिभावसहित बुद्धजयन्तीका रूपमा मनाउने परम्परा छ।देशभरका गुम्बा, विहार, मठ, स्तूपा र चैत्यहरूमा विशेष पूजा–अर्चना, प्रार्थना, ध्यान तथा प्रवचनजस्ता कार्यक्रमहरू आयोजना हुँदैछन्।राष्ट्रपतिले शान्तिका दूत बुद्धको शिक्षाले व्यक्तिको आत्मिक उन्नतिसँगै समाजमा स्थायी शान्ति र समृद्धि ल्याउन मद्दत गर्ने विश्वास पनि व्यक्त गरेका छन्।

#बुद्धजयन्ती 

प्रकाशित : २९ वैशाख २०८२, सोमबार 08:40
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved