७ वैशाख २०८२, आइतबार 20 Apr 2025, Sunday

ढल निकासको पाइप फुट्दा सडक जलमग्न, वर्षाले थप समस्या

द नेप्लिज संवाददाता
४ वैशाख २०८२, बिहीबार

Advertisement

काठमाडौ– थापाथली करिडोर क्षेत्र ढल निकासको पाइप फुट्दा बिहीबार अस्तव्यस्त बनेको छ । पाइप फुटेर सडकमा फोहोरपानी जम्दा सवारीसाधन र पैदल यात्रीलाई आवागमनमा कठिनाइ भएको छ ।

घटनास्थल आसपास पानी थुप्रिएर सडक डुबानमा परेको छ । सवारी साधन चलाउन मुस्किल भएको छ भने मोटरसाइकल चालक र पैदलयात्रीहरू हिलो र फोहोरपानीले हैरान भएका छन् ।

स्थानीयहरूका अनुसार बिहानैदेखि पानी झिक्न प्रयास भए पनि समस्या समाधान हुन सकेको छैन । यसैबीच बिहीबार दिउँसो काठमाडौँ उपत्यकामा हल्का वर्षा भएको छ जसले सडकको अवस्था झनै बिगारेको छ ।  

जल तथा मौसम विज्ञान विभागको अनुसार काठमाडौँ उपत्यकामा स्थानीय वायुप्रवाहको असरले आंशिक वर्षा भइरहेको छ । सार्वजनिक पूर्वाधारको नियमित मर्मत अभाव र सहरी ढल व्यवस्थापनमा लापरबाहीले यस्तो समस्या बारम्बार देखिएको स्थानीयवासीको गुनासो छ ।
 

प्रकाशित : ४ वैशाख २०८२, बिहीबार 18:34
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved