विराटनगर– उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मोरङमा बुधबार तीन वटा पुलको उद्घाटन गरेका छन् । मोरङको सीमावर्ती जहदा गाउँपालिकामा सहरी विकास मन्त्रालयले निर्माण गरेको तीन वटा पुलको उनले उद्घाटन गरेका हुन् ।
कटहरी गाउँपालिका वडा २ र जहदा–४ जोड्ने लोहन्द्रा खोलाको कृपालघाट, जहदा गाउँपालिका–७ स्थित भारतीय सीमा जोड्ने लोहन्द्रा खोला र जहदा–२ स्थित जुडी खोलामा निर्मित पुल उद्घाटन गरिएको हो ।
उक्त तीन वटै्र ठाउँमा निर्माण भएको पुलले स्थानीयवासीको दैनिक जीवनमा ठूलो राहत पुगेको जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र साहले बताएका छन् । ‘यी ठाउँहरुमा पुल नहुँदा १२ औँ महिना सर्वसाधारण समस्या झेल्दै आएका थिए, बिरामीलाई समयमा उपचारका लागि लग्न नपाउँदा मृत्यु हुने, आगलागी हुँदा दम्कल नजाने र वर्षायाममा अवागमन अबरुद्ध हुँदै आएको थियो,’ उनले भने, ‘यी पुलहरु निर्माण भएपछि सर्वसाधारणको अवागमन सहजताका साथै स्थानीय उत्पादनलाई समयमा नै बजार लगेर बिक्री गर्न पाउँदा स्थानीयको जीवनस्तर सुधारोन्मुख भएको हो ।’
प्रदेश सांसद अमृत अर्यालले सीमावर्ती क्षेत्रको समस्या भनेको सडक बाटो, पुल नै ठूलो भएको बताएका छन् । ‘सीमावर्ती क्षेत्रका बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन पहिलो काम सडक सञ्जाल नै निर्माण गर्नुपर्ने हो,’ उनले भने, ‘कटहरी–भारतीय सीमासम्मको सडक निर्माण गरी गणेशमान सिंह सडक नामाकारण गरेर तत्काल निर्माण गर्नुपर्छ ।’ उनले प्रस्ताव गरेको सडकको नाममा स्थानीयले समर्थन जनाउँदै उपप्रधानमन्त्री सिंहलाई चालु आबमा नै बजेट विनियोजन गरेर सडक निर्माण गरी गणेशमान सिंह सडक नामाकरण गर्न आग्रह गरेका थिए ।
उपप्रधानमन्त्री सिंहले ग्रामिण क्षेत्रमा निर्माण भएको सडकले सर्वसाधारणको जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन् । ‘परिश्रमी किसानले उत्पादन गरेको तरकारी लगायतका कृषिजन्य उत्पादन बजारसम्म लगेर सहज रुपमा बढी मूल्यमा बिक्री वितरण गरेर बढी भन्दाबढी मुनाफा कमाउन सघाउ पुग्छ,’ उनले भने, ‘सडक, पुल निर्माणले सर्वसाधारणको अवागमन वृधि हुँदा आर्थिक गतिविधि बढ्नुका साथै अर्थतन्त्रमा टेवा पुग्ने र सर्वसाधारणको जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्छ ।’
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares