विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा मोरङ र आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी विजय भएका छन् ।
विराटनगरको गिरजा प्रसाद कोइराला वैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको खेलमा मोरङले उदयपुर जिल्लालाई ५० रनले र आयोजकले सुनसरीलाई ६ विकेटले हराउँदै विजयी भएको हो । जितसँगै मोरङ र आयोजकले समान २–२ अंक जोडेको छ ।
दोस्रो दिनको पहिलो खेलमा मोरङले दिएको १२० रनको विजय लक्ष्य पछ्याएको उदयपुरले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ६९ रन मात्रै बनाउन सक्यो । उदयपुरका पर्वत राईले १९ बलमा १५ रन, नवराज सिग्देलले ९ बलमा ११ रन बनाए भने निराजन तिवारीले २१ बलमा १० रनको योगदान दिए । उदयपुरका अन्य ब्याट्स म्यान चल्न सकेन ।
मोरङका मिनाशा थापाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ७ रन खर्चिदै ४ विकेट लिएका छन् । उनी खेलको प्लयेर अफ द म्याच घोषित हसँदा नगद २ हजार पाँच सय प्राप्त गर्न सफल भएका हुन् । अमर यादवले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेकोे मोरङले १९ दशमलव ६ ओभरमा सबै विकेट गुमाएर ११९ रनको लक्ष्य दिएको थियो । मोरङका दिपक पासवानले २७ बलमा ४ चौका प्रहार गर्दै सर्वाधिक रन बनाएका हुन् । सन्तोष चौधरीले २१ बलमा १८ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उदयपुरका तेज आचार्य र नवराज सिग्देलले समान ३–३ विकेट लिए । तेजले ४ ओभरमा १८ रन खर्चिए भने नवराजले ३ ओभरमा ३३ रन खर्चिए ।
दोस्रो खेलमा सुनसरीले दिएको ११८ रनको लक्ष्य निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा आयोजक टिम पूरा गर्दै जित निकालेको छ । आयोजक टिमको जितमा निरु मुखियाले सर्वाधिक रन बनाए । उनले २९ बलमा ३६ रन बनाए । निरुले १ छक्का र १ चौका प्रहार गरे । मुकुन्द यादवले अविजित २५ बलमा २५ रनको पारी खेल्दा जशक खड्काले २३ बलमा अविजित १५ रनको योगदान दिए । सुनसरीका बलर हार्दिक, गौरव कटुवाल, सिरयान यादवले समान १–१ विकेट लिए ।
सुनसरीले १९ दशमलव ६ बलमा सबै विकेट गुमाइ ११७ रनमा सिमित भएको थियो । जसमा सोनु मण्डलले ३६ बलमा ३४ रन र रितेस रोयले २० बलमा २८ रन बनाएका थिए । सुनसरीका ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन ।
आयोजकका अलराउन्डर खेलाडी जोशक खड्काको उत्कृष्ट बलिङ सामु सुनसरीका खेलाडी निरिह बनेका थिए । उनले ४ ओभरमा १३ रन खर्चेर ५ विकेट लिए । आयोजकका जोशक खड्का प्यलेर अफ द म्याच घोषित भए । उनले नगद २ हजार पाँच सय प्राप्त गरे । त्यसैगरी विधान गोस्वामीले ३ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । प्रशान्त साह र कृष्णले समान १–१ विकेट लिए ।
बिहीबारको पहिलो खेल मोरङ र इलामबीच हुने छ भने दोस्रो खेल सुनसरी र झापा जिल्लाबीच हुनेछ । मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा भएको प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीकी सचिव शान्ता जोशीले जानकारी दिइन् ।
खेलकुद
इन्डो–नेपाल क्रिकेटः पटना सेमिफाइनलमा
द नेप्लिज संवाददाताइन्डो–नेपाल क्रिकेटःहोराइजन र एनबीएससी विजयी
द नेप्लिज संवाददातादीपेन्द्रसिंह ऐरीले टी–२० क्रिकेटमा शुन्यमा आउट नहुने खेलाडीको विश्व कीर्तिमान बनाए
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेटः पटना र विराटनगर फाइनलमा
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेट कप विजेता वाइआरसीसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares