विराटनगर – प्रहरीले नेपालका विभिन्न स्थानबाट अवैध लागूऔषध ओसारपसारमा संलग्न ११ जनालाई पक्राउ गरेको छ।
विराटनगर-१६ बाट फेनारगन, डाइजेपाम, एभिल, लुपिजेसिक (२८ एम्पुल) सहित ३८ वर्षीय कर्ण बहादुर राई, विराटनगर-१५ बाट ४.८ ग्राम खैरो हेरोइन सहित तीन जना, तथा विराटनगर-१६ दक्षिण गेटबाट नाइट्राभेट १०५ ट्याब्लेट र अन्य लागूऔषध सहित दुई जना पक्राउ परेका छन्।
धरान-११ बाट ट्रामाडोल र स्पास्पेन ४२० ट्याब्लेट सहित ३६ वर्षीय बिनोद राई, रूकुम पश्चिम-१ बाट ट्रामाडोल, स्टास्टेन र नगद सहित २४ वर्षीय गोपाल गुरूङ, रूपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ७.५ किलो गाँजा सहित भारतीय नागरिक गुलनाज बैग, तथा झापाको मेचीपुलबाट १.८४ ग्राम खैरो हेरोइन सहित दुई जना पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares