विराटनगर– विराटनगर महानगरपालिकाको सहयोगमा गैरसरकारी संस्था महासंघ मोरङले आइतबारदेखि दुई दिने प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम आयोजना गरेको छ । तालिमको महानगर प्रमुख नागेश कोइरालाले उद्घाटन गरेका छन् ।
कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरेका हुन् । ‘आफूसित भएको सीप कसैले खोस्न नसक्ने भएकोले सीप हुनेले जहाँसुकै गएर पनि आत्मनिर्भर जीवन बाँचन सक्छ,’ उनले भने, ‘विराटनगरवासीलाई सीप सिकाएर आत्मनिर्भर र स्वरोजगार बनाउने बाटोमा महानगर अगाडि बढेको छ ।’ संस्था सञ्चालन गर्दा प्रस्ताव र प्रतिवेदन आवश्यक पर्ने बताउँदै कोइरालाले गैससले यसपटक समय सान्दर्भिक तालिम आयोजना गरेको बताए ।
कार्यक्रममा गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले विभिन्न सरकारी कार्यालयहरुसँग मिलेर कार्यक्रम सञ्चालन गर्दा प्रस्ताव र प्रतिवेदन लेख्न नआउँदा संस्थाका पदाधिकारीहरुले धेरै नै दुःख पाउने गरेको बताइन् ।
तालिमका सहभागी ४० जनालाई विराटनगर महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतम र गैससकी उपाध्यक्ष सरिता लामिछानेले प्रशिक्षण दिने आयोजक संस्थाकी सहसचिव वाग्मती कट्टेलले जानकारी दिइन् ।
वर्षौँदेखि संस्था सञ्चालन गर्दै आएकाहरुलाई प्रस्ताव र प्रतिवेदन लेख्न तालिममा महानगरले गरेको लगानी बालुवामा पानी जस्तै भएको विराटनगरका संघ संस्था सञ्चालकहरुले नै गुनासो पोखेका छन् । महानगरले गैससमार्फत नै उत्पादन र उत्पादकत्व बढाउने कार्यक्रममा बजेट लगानी गर्दा परिणाममुखी हुने उनीहरुको भनाइ थियो ।
स्थानीय सरकार
चार दशकदेखि अलमलिएको सीमा विवाद हल गर्न सोलु–ओखलढुंगाले गठन गरे कार्यदल
द नेप्लिज संवाददाताटेण्डर सूचना लुकाएर ठेक्का बाँडफाँड, तिलाठी कोईलाडीका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
द नेप्लिज संवाददाताविराटनगर महानगरले पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन गर्दै
द नेप्लिज संवाददाताकांग्रेस र माओवादीको वडाध्यक्षहरुद्वारा सरकारी पुल कवाडीमा बिक्री, सार्वजनिक सम्पत्ति चोरीमा अनुसन्धान
कृषिमा यान्त्रिकीकरणका लागि रतुवामाईका किसानलाई एक करोडको औजार उपकरण
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares