विराटनगर- बालिकालाई बलात्कार गरेको आरोपमा पर्वत र बझाङबाट दुई जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्वत कुश्मा-३ दुर्लुङ काफलचौर बस्ने २५ वर्षीय अजय बिकलाई बिहीबार राति पक्राउ गरिएको छ ।
ती बालिकालाई बलात्कार गरेको पीडित पक्षको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
अर्को एक घटनामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरको अभियोगमा बझाङ जयपृथ्व-१० चैनपुर बजार डेरा गरी बस्ने तलकोट गाउँपालिका-५ का २२ वर्षीय हेमन्त भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पीडित पक्षको जाहेरी लगतै हेमन्तलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares