काठमाडौं– राजसंस्थाको समर्थनमा नाराबाजी गर्ने क्रममा काठमाडौं प्रहरीले एक विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार माइतीघर मण्डलामा राजावादी प्रदर्शनमा सामेल अमेरिकाको क्यालिफोर्नियाका नागरिक ५८ वर्षीय जुलियन किर्पाल ब्लिस पक्राउ परेका हुन् ।
नेपाल मामिलामा राम्रै जानकार उनले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीको विरोध पनि गरेका थिए । हिन्दु नाम जयानन्द कृपा राखेका उनले सुरुमा कुलमानको समर्थनमा पम्प्लेटसहित माइतीघरमा देखिएका थिए । त्यसपछि उनले राजावादीको पोस्टर बोकेर प्रदर्शन गरेका थिए ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार किर्पालले राजसंस्थाको समर्थनमा ब्यानर बोकेर नाराबाजी गरेपछि नियन्त्रणमा लिइएको हो । उनी माइतीघर एक्लै पुगेको प्रहरीले जनाएको छ ।
माइतीघर मण्डलाको प्रदर्शनमा सामेल हुनु अगाडि उनी वल्र्ड गार्डियन्स अर्गनाइजेसनद्वारा आयोजित कार्यक्रममा सामेल भएको एसपी बोहोराले बताए । ‘८–१० जना जम्मा भइ ‘शुद्ध शाकाहारी भोजन खानुहोस्, प्लास्टिक जलाउने फ्याँक्ने कार्य अपराध हो, त्यसैले प्लास्टिकलाई सधैँ अस्वीकार गर्न बोतल र कन्टेनर प्रयोग गर्नुहोस्,’ ब्यानरसहित माइतीघरमा माइकिङ गर्दै उनी बसेका थिए । अचानक उनले राजसंस्थाका बारेमा नारा लगाउँदै सरकारको विरोध गरेका थिए ।
’भ्रष्ट सरकार खारेज गरौँ’ लेखिएको प्लेकार्डसमेत उनले बोकेका थिए । ब्लिसले ’टेन मिलियन काउज’ नामक अभियानसमेत चलाउँदै आएका छन् । यही नामबाट चलाइएको फेसबुक पेजमा उनी नेपालमा विभिन्न ठाउँमा पुगेर ’शाकाहारी अभियान’ चलाएका तस्बिर पनि पोस्ट भएका छन् । त्यस्तै विभिन्न जिल्लाका विद्यालय र प्रहरी अधिकारीहरूसँगको उनको तस्बिर पनि सामाजिक सञ्जालमा छ ।
किर्पाल लामो समयदेखि नेपालमा बसोबास गरिरहेको खुलेको छ । अदभुत चरित्रका उनको उनको नेपाल आगमनको उद्देश्य, भिसा स्थिति र पछिल्लो गतिविधिबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । उनलाई सिंहदरबार प्रहरी वृत्त, राखिएको छ ।
प्रहरीका अनुसार उनी पर्यटक भिसामा नेपाल आएको खुलेको छ । नेपालमा कुनै पनि विदेशी नागरिकलाई राजनीतिक गतिविधिमा संलग्न हुन निषेध छ । प्रहरीका अनुसार यदि उनले स्थानीय कानुन उल्लंघन गरेको प्रमाणित भएमा उनी विरुद्धको कारबाही अघि बढाइनेछ । यो घटनाले सामाजिक सञ्जालमा पनि चर्चा पाएको छ जहाँ कतिपयले विदेशी नागरिकको संलग्नतालाई लिएर प्रश्न उठाएका छन् ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares