काठमाडौं – नेपाल प्रहरीले अवैध लागूऔषध ओसारपसार तथा बिक्री वितरणमा संलग्न रहेको आरोपमा देशभरबाट १८ जनालाई पक्राउ गरेको छ। प्रहरीले विभिन्न स्थानमा अभियान चलाउँदै ठूलो परिमाणमा लागूऔषध तथा नगदसमेत बरामद गरेको छ।
काठमाडौं – तारकेश्वर नगरपालिका-४ शेषमती सानोपुल क्षेत्रबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३०० ट्याब्लेटसहित सुनसरी धरान उपमहानगरपालिका-१७ निवासी सुरेन स्याङ्तान पक्राउ परेका छन्। उनलाई प्रहरी वृत्त बालाजुको टोलीले नियन्त्रणमा लिएको हो।
सर्लाही – लालबन्दी नगरपालिका-२ बाट स्पास्मो १४४ ट्याब्लेटसहित महोत्तरी सोनमा गाउँपालिका-२ का राम पुजन साह सुडीलाई प्रहरीले पक्राउ गरेको छ। बर्दिबासबाट डाबरीतर्फ जाँदै गरेको मोटरसाइकल चेकजाँचका क्रममा उनी पक्राउ परेका हुन्।
स्याङ्जा – वालिङ नगरपालिका-१० भकुण्डेमा ट्रामाडोल ११८ ट्याब्लेट र जुब्लिन १२३ ट्याब्लेटसहित बाग्लुङका प्रेम बहादुर थापा पक्राउ परेका छन्। बुटवलबाट पोखरा जाँदै गरेको हाईस गाडीमा चेकजाँचका क्रममा उनलाई पक्राउ गरिएको हो।
मोरङ – विराटनगर महानगरपालिका-१६ हुलास चोकमा लागूऔषध एभिल, लुपिजेसिक, फेनारगन, डाइजेपाम गरी ६० एम्पुलसहित सुन्दरहरैंचा-५ का नेत्र बहादुर खनाल पक्राउ परेका छन्। त्यस्तै, बेलबारी नगरपालिका-४ काकुम झोडाबाट सुशिल मोतेलाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ। प्रहरीले उनको साथबाट डिजिटल तराजु, तीन थान मोबाइल र ६१,६४० रुपैयाँ नगदसमेत बरामद गरेको छ।
चितवन – रत्ननगर नगरपालिका-७ मालपुर निवासी गणेश लामालाई ब्राउनसुगर जस्तो देखिने करिब ५ ग्राम लागूऔषध तथा १ लाख २० हजार रुपैयाँसहित पक्राउ गरिएको छ। प्रहरी चौकी बछौलीले उनको घर तलासी गर्दा लागूऔषध फेला परेको हो।
कास्की – पोखरा महानगरपालिका-१७ वरकोबोटबाट बुप्रेनोर्फिन, फेनारगन, डाइजेपाम गरी ४२९ एम्पुल लागूऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा एलिना पुन, सन्तोष गुरूङ र सुजन गुरूङ रहेका छन्।
कैलाली – जानकी गाउँपालिका-८ बाट खैरो हेरोइनसहित कृष्ण चौधरी र डिमेन्स चौधरी पक्राउ परेका छन्। त्यस्तै, गोदावरी नगरपालिका-९ मा २५० ग्राम चरेशसहित गौरी गुरूधामी पक्राउ परेकी छन्।
त्यसैगरी, धनगढी उपमहानगरपालिका-७ देबरियामा भारतका जसप्रित सिंह र अंगद सिंह ब्राउनसुगर जस्तो देखिने ३३० मिलिग्राम पदार्थसहित पक्राउ परेका छन्।
झापा – दमक नगरपालिका-५ आकाशे पुलबाट ट्रामाडोल ६० ट्याब्लेट र स्पास्पेन ६० ट्याब्लेटसहित सुरज तुम्बाहाम्फे पक्राउ परेका छन्।
सुनसरी – ईटहरी उपमहानगरपालिका-४ स्थित पूर्व बस स्टेण्डबाट ट्रामाडोल १८० ट्याब्लेट र स्पास्पेन १९० ट्याब्लेटसहित सविन श्रेष्ठ पक्राउ परेका छन्।
कञ्चनपुर – भीमदत्त नगरपालिका-१८ बिशालनगर सुकुमबासी बस्तीमा लागूऔषध खैरो हेरोइनसहित बादल लुहार र साहिल धामी पक्राउ परेका छन्। प्रहरीले बादलको घर तलासी गर्दा उक्त पदार्थ फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares