६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

लागूऔषध सहित देशभरि २५ जना पक्राउ

द नेप्लिज संवाददाता
१४ चैत २०८१, बिहीबार

Advertisement

काठमाडौं– बुधबार साँझ काठमाडौं–११ थापाथली चेस पार्क नजिकबाट २ किलोग्राम गाँजा जस्तो पदार्थ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५८ वर्षीय बिन्दे यादव, २१ वर्षीय उज्जल महरा र ३५ वर्षीय रोशन महर्जन हुन् । 

यसै दिन काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीबाट ३ जनालाई प्रहरीले  सय ग्राम गाँजा सहित पक्राउ गरेको छ । यसमा २५ वर्षीय निकेश सापकोटा, २० वर्षीय विश्वास श्रेष्ठ र २८ वर्षीय आयुष अर्याल सामेल छन् । प्रहरी बिट गागलफेदीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

दाङको घोराही उपमहानगरपालिका–१४ सब्जीमण्डी नजिकबाट ३० वर्षीय सुदिप पाण्डे ३ सय २० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ परेका छन् । घोराही वडा प्रहरी कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

अर्कोतर्फ मोरङको विराटनगरबाट ५ जनालाई अवैध लागूऔषध सहित पक्राउ गरिएको छ । ३२ वर्षीय प्रेम बहादुर तामाङ र ३१ वर्षीय संदिप कडुवाल भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा १० ग्राम ३० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ परेका छन् । यसैगरी ३५ वर्षीय राजकुमार राईलाई ५ ग्राम हेरोइन सहित पक्राउ गरिएको छ ।

बर्दिया र सुनसरीमा पनि लागूऔषध नियन्त्रणमा ठूलो सफलता प्राप्त भएको छ । बर्दियाबाट २ सय मिलिग्राम ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरिएको छ । सुनसरीमा ३ सय ९७ ट्याब्लेट ट्रामाडोल सहित २ जनालाई पक्राउ गरिएको छ ।

धनकुटामा १ सय ५ किलोग्राम गाँजा सहित एक अटो टेम्पो चालकलाई पक्राउ गरिएको छ । प्रहरीले धनकुटाको शहिदभूमी गाउँपालिका–१ स्थित अटो टेम्पो जाँच गर्दा उक्त गाँजा बरामद गरेको हो ।

यस घटनाहरूका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । थप कानूनी प्रक्रिया जारी छ । यो ठूलो सफलता लागूऔषध नियन्त्रणका क्षेत्रमा प्रहरीको कडा प्रयास र समर्पणलाई दर्शाउँछ ।
 

प्रकाशित : १४ चैत २०८१, बिहीबार 15:25
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved