विराटनगर– एमएम कप फाउण्डेशन सुनसरीको आयोजनामा विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एक दिवसीय क्रिकेट प्रतियोगितामा आइतबार विभागीय टोली एपीएफ विजयी भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा विभागीय टोली एपीएफ क्लबले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै विजयी भएको हो ।
टस हारेर ब्याटिङ गरेको बागमति प्रदेशले निर्धारित ५० ओभरको खेलमा १९ ओभर ३ वलमा सबै विकेट गुमाउँदै ८० रनको सामान्य स्कोर बनाएको थियो । बागमतिका रित गौतमले सर्वाधिक ३१ रन बनाउँदा विवेक राणा मगरले १३, उत्तम रंगु थापा मगरले १०, तिलक राजभण्डारी ९, रोशन विश्वकर्माले ७ र गौतम केसीले ४ रन जोडेपनि अन्य ब्याटेसम्यानले खाता खोल्न सकेनन् । एपीएफका बलरको गल्त बलिङले बागमति ६ रन सित्तैमा पाएका थिए । एपीएफका प्रकाश जैशीले ४, अभिशेष गौतमले ३, भोजराज भट्टले २ र दिवान पुनले १ विकेट लिएका थिए ।
८० रनको लक्ष्य प्राप्त गरेका एपीएफले ९ ओभर ४ बलमा ८१ रन जोड्दै विजयी भएको हो । एपीएफका लागि दिपक बोहराले अविजित ४८ रन लिँदा सुमित महर्जनले पनि अविजित १८ रनको योगदान दिएका थिए । आयुसमान बमले ७ र अहिशेक पालले ४ रन जोड्दै आउट भएका थिए । एपीएफले पनि बलरको गल्तिले थप ६ रन सित्तैमा प्राप्त गरेका थिए । बागमतिका अशिम श्रेष्ठले २ विकेट लिएका थिए ।
आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका प्रकाश जैसी म्यान अफ द म्याच घोषित भए । उद्घाटन खेलमा साबिक विजेता आर्मीबाट पराजित भएका एपीएफ आजको खेलमा २ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ । एपीएफलाई शनिबार पराजित गर्दै २ अंक जोडेको छ तर रन रेटको आधारमा एपीएफ शीर्ष स्थानमा उक्लेको हो । सोमबार समुह ए को अन्तिम लिग खेल आर्मी र वागमतीबीच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।
खेलकुद
नेपाली क्रिकेट टोलीका नयाँ प्रशिक्षक स्टुअर्ट ल आइपुगे
द नेप्लिज संवाददातानेपाल क्रिकेट टिमका नयाँ प्रशिक्षक स्टुआर्ट लले प्रशिक्षण सुरु गरे
द नेप्लिज संवाददातामनमोहन स्मृति कप क्रिकेट शूरु, विभागी टिम आर्मीको विजयी सुरुवात
द नेप्लिज संवाददातातेक्वान्दो आत्मरक्षा तालिम सम्पन्न
द नेप्लिज संवाददातादोस्रो कोशी खुला गल्फ प्रतियोगिता : विराटनगरका गुप्ता नेट विजेता, ग्रसमा परियार विजयी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares