विराटनगर– एमएम कप फाउण्डेशन सुनसरीको आयोजनामा विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एक दिवसीय क्रिकेट प्रतियोगिता शूरु भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको उद्घाटन खेलमा विभागीय टोली आर्मी क्लबले एपिएफलाई २ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरको खेलमा ४४ ओभर ३ बलमा सबै विकेट गुमाई १ सय ३० रन बनायो । एपिएफका प्रकाश जैशीले अविजित ३४ रन बनाउँदा कप्तान भुवन कार्कीले २५ रन, दिपक वोहराले १६ रन, अविशेक पालले १२ रन र आयूस्मान बलमे ११ रन बनाए । आर्मीका दुर्गेश गुप्ताले ३ विकेट लिँदा विशाल सुस्लिङ र नरेन साउदले २–२ विकेट लिए ।
१ सय ३१ रनको लक्ष्य पछ्याएको आर्मीले ३७ विकेट २ बलमा ८ विकेट गुमाई विजयी भएको हो । आर्मीको जितमा प्लेयर अफ द म्याच नरेन साउदले ८४ बलमा ७ चौका प्रहार गर्दै ६४ रनको योगदान दिँदा सुमित श्रेष्ठले अविजित २१ रन र पवन कार्कीले अविजित १० रनको योगदान दिए । एपिएपका दिवन पुनले ३ विकेट लिँदा कप्तान भुवन कार्की र विकाश अग्रिले २–२ विकेट लिए ।
वैशाख २० गतेसम्म सञ्चालन हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइएको हो । प्रतियोगितामा भारतको असाम क्रिकेट टिम, घरेलु टिम कोशी प्रदेश, बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लबको सहभागिता रहेको छ ।
एक करोड लागतमा आयोजना भइरहेको प्रतियोगिता विजेतालाई नगद ४ लाख र ट्रफी, उपविजेतालाई २ लाख र ट्रफी, प्लेयर अफ द टुर्नामेन्टको उपाधी जित्ने खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याटर र बलरलाई १५–१५ हजार र प्लेयर अफ द म्याचको उपाधी जित्ने खेलाडीलाई नगद ४ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
खेलकुद
तेस्राे मनमाेहन मेमाेरियल क्रिकेट प्रतियाेगिता हुँदै
द नेप्लिज संवाददातानेपाली क्रिकेट टोलीका नयाँ प्रशिक्षक स्टुअर्ट ल आइपुगे
द नेप्लिज संवाददातानेपाल क्रिकेट टिमका नयाँ प्रशिक्षक स्टुआर्ट लले प्रशिक्षण सुरु गरे
द नेप्लिज संवाददातातेक्वान्दो आत्मरक्षा तालिम सम्पन्न
द नेप्लिज संवाददातादोस्रो कोशी खुला गल्फ प्रतियोगिता : विराटनगरका गुप्ता नेट विजेता, ग्रसमा परियार विजयी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares