२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

बिजुली पटक–पटक गएकोमा सर्वसाधारण आक्रोशित

द नेप्लिज संवाददाता
२ जेठ २०८२, शुक्रबार

Advertisement

विराटनगर – बिहीबार बेलुकी विराटनगरसहित देशका विभिन्न भागमा पटक–पटक विद्युत् आपूर्ति बन्द भएपछि सर्वसाधारण आक्रोशित बनेका छन्। सामाजिक सञ्जालहरूमा प्रयोगकर्ताहरूले लामो समयपछि यसरी घन्टौँसम्म बिजुली नआएको भन्दै असन्तुष्टि जनाएका छन्।

केही प्रयोगकर्ताहरूले त पुरानै लोडसेडिङको दिनहरू फर्कने संकेत हो कि भन्दै चिन्ता समेत व्यक्त गरेका छन्। ‘यसअघि यति लामो समय बिजुली जाने समस्या थिएन, आज घन्टौंसम्म अन्धकारमा बस्नुप¥यो,’ एक उपभोक्ताले सामाजिक सञ्जालमा लेखेका छन्।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजभाई शिल्पाकारले भारतको विद्युत प्रणालीमा देखिएको समस्या नेपालसम्म असर पुगेको स्पष्ट पारे। उनका अनुसार भारतमा उत्पन्न समस्याका कारण ढल्केबरस्थित प्रणालीमा खराबी आएर नेपालका धेरै स्थानमा आपूर्ति अवरुद्ध भएको हो।

‘हाम्रो सिस्टममा समस्या आउँदा धेरै ठाउँमा विद्युत आपूर्ति बन्द भएको हो,’ शिल्पाकारले भने, ‘तर अहिले सिस्टम पुनः सञ्चालनमा आइसकेको छ, अधिकांश ठाउँमा बिजुली फर्किसकेको हुनुपर्छ।’

#विद्युत्

प्रकाशित : २ जेठ २०८२, शुक्रबार 05:53
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved