विराटनगर– हत्या आरोपमा एक नाबालक सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं गोठाटार बस्ने सर्लाही बागमती ढुंगेखोलाका २५ वर्षीय कैलाश खड्का, मकवानपुर हेटौंडा शिखरपानीका २० वर्षीय सुरेश तामाङ, नुवाकोटका २४ वर्षीय रोशन तामाङ, काठमाडौं गोकर्णेश्वर बस्ने सिन्धुपाल्चोककी २० वर्षीया पुजा परियार र एक नाबालक रहेको प्रहरीले जनाएको छ ।
काठमाडौंको गोकर्णेश्वर–७ नामी कलेज नजिक बागमती खोला बीचमा बोरा भित्र अन्दाजी ३५ वर्षीया महिलाको शव शनिबार दिउँसो फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतंबाट ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ । हत्याको कारण, आरोपी र पीडितबीचको सम्बन्धको बारेमा प्रहरीले खुलाएको छैन ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares