विराटनगर– काठमाडौंको कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले रेविका खत्रीका लागि न्यायको माग सहित प्रदर्शन गरेका छन् ।
चैत १५ मा तीनकुनेमा राजावादीहरूद्वारा आयोजित आन्दोलनमा प्रहरीको गोली लागी गंभीर घाइते भएकी रेविकाको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । रेविका उक्त क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत छात्रा हुन् ।
विरोध स्वरुप विद्यार्थीले मंगलबार जडिबुटीमा केहीबेर चक्काजाम गरे । कोटेश्वरमा कोणसभा गर्दै निर्दोष रेविकामाथि गोली प्रहार गरिनु खेदजनक रहेको बताए । रेविकालाई कोटेश्वरको भाटभटेनी नजिकै हिँडिरहेका बेला गोली लागेको थियो । ‘यदि रेविकाको खर्च सरकारले लिन मानेन भने थप न्यायका लागि आवाज उठाइरहने छौं,’ क्याम्पसका स्ववियु सभापति सञ्जय बुढाथोकीले भने ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares