काठमाडौँ —अमेरिकाबाट डिपोर्ट भइ भुटान हुँदै नेपाल आएका चार भुटानी नागरिकलाई तत्काल देश निकाला नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले झापास्थित थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीलाई वैशाख ११ मा अदालतमा पेस गर्न आदेश दिएको हो ।
उनीहरूको तर्फबाट नारायणकुमार सुवेदीले बन्दी प्रत्यक्षीकरण (हैबियस कर्पस) रिट दायर गरेका थिए । उनीहरूलाई अमेरिका सरकारले गत चैत ११ गते डिपोर्ट गरेको थियो । डिपोर्टपछि भारत हुँदै भुटान पुगेका उनीहरूलाई भुटान सरकारले पुनः देश निकाला गरेपछि उनीहरू नेपाल आइपुगेका थिए ।
नेपाल प्रवेशपछि अध्यागमन विभागले उनीहरूलाई नियन्त्रणमा लिइ देशनिकाला प्रक्रिया अघि बढाएको थियो । चारै जना नेपाली मूलका भुटानी नागरिक हुन् । उनीहरू नेपालमा शरणार्थीको रूपमा दर्ता भइ शरणार्थीकै हैसियतमा अमेरिका पुनर्वास भएका थिए । सर्वोच्चको आदेशसँगै उनीहरूलाई नेपालमा रहन दिने वा देश निकाला गर्ने विषयमा आगामी कानुनी निर्णय कुर्नैपर्छ ।
समाचार
प्लाष्टिकले पृथ्वी र मानव अस्तित्व संकटमाः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददाताकोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares