विराटनगर– नेपाल मेडिकल काउन्सिलको सारा ध्यान यतिखेर धुलिखेल अस्पतालभित्र एक चिकित्कसँग भएको दुव्र्यवहारको अनुसन्धानमा केन्द्रित छ । उक्त अस्पतालको मनोचिकित्सा विभागमा कार्यरत एक आवासीय चिकित्सकले आत्महत्याको प्रयास गरेको विषयमा चार चिकित्सकसँग सोधपुछ भइरहेको छ ।
यस विषयमा चाँडै प्रतिवेदन तयार गरिने काउन्सिलले जनाएको छ । दुव्र्यवहारको आरोप लागेका चिकित्सकलाई आइतबारदेखि सात दिनसम्म कामकाजमा रोक लगाइएको अस्पतालले जनाएको छ । निलम्बित चिकित्सकमा अस्पतालको मनोचिकित्सा विभाग प्रमुख डा. अजय रिसाल, डा. दीपक कुँवर, डा. वर्षा श्रेष्ठ र डा. रीका रिजाल छन् ।
घटनाको विवरण अनुसार यही फागुन ४ मा काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ मेडिकल साइन्सअन्तर्गतको मनोचिकित्सा विभागमा स्नातकोत्तर प्रथम वर्षमा अध्ययनरत एक आवासीय चिकित्सकले आत्महत्याको प्रयास गरेकी थिइन् । सहकर्मीका अनुसार कार्यरत विभागभित्रको कामको चाप र सिनियरहरूको दुव्र्यवहारले उनी तनावमा थिइन् ।
धुलिखेल अस्पतालकै आईसीयूमा तीन दिन उपचारपछि उनको स्वास्थ्यमा सुधार भएको थियो । उनीमाथि ‘बुलिङ’ र पटकपटक थप मानसिक दबाब दिने खाले व्यवहार विभागका अरू चिकित्सकबाट भएको पीडित परिवारको आरोप छ । अनुसन्धान र दोषीमाथि कारबाही नभएको भन्दै अस्पतालका आवासीय चिकित्सकले घटनाको सातौँ दिनमा विभागको सेवा बन्द गराएका थिए ।
गएको बिहीबार (फागुन १५) चिकित्सा शिक्षा आयोगले घटनाबारे छानबिन गर्न केयूका उपकुलपतिलाई पत्र लेख्दै समस्या समाधान गर्न निर्देशन दिएको थियो । घटनाका विषयमा उजुरी परेपछि काउन्सिलको अनुसन्धान टोलीले स्थलगत अध्ययन गरेपछि निलम्बनको निर्णय गरिएको थियो ।
धुलिखेल अस्पताल प्रशासनले सूचना मार्फत घटनाबारे माफी माग्दै निष्पक्ष छानबिन भइरहेको जनाएको छ । काउन्सिलको प्रतिवेदनानुसार दोषीमाथि आवश्यक कारबाही गर्ने प्रतिबद्धता अस्पतालले जनाइ सकेको छ । अस्पतालले भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक नीतिगत तथा व्यवस्थापकीय गृहकार्य समेत गरिरहेको बताएको छ ।
समाचार
प्लाष्टिकले पृथ्वी र मानव अस्तित्व संकटमाः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददाताकोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares