विराटनगर– नेपाली राजनीतिका ’डिफेन्डर’ प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका विश्वविख्यात पूर्व ’लेफ्ट ब्याक’ रोबर्टो कार्लोसबीच बुधबार विशेष भेटघाट भयो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटले राजनीतिक कूटनीति र खेलकुदको मिलन गराएको देखियो ।
नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को विशेष अतिथिका रूपमा नेपाल आएका कार्लोससँग प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीचको सुमधुर कूटनीतिक सम्बन्धबारे चर्चा गर्दै भने, ‘कार्लोसजस्तो अन्तर्राष्ट्रिय खेलाडीको आगमनले नेपाली खेलकुद र युवाहरुलाई थप ऊर्जा मिल्नेछ ।’
प्रधानमन्त्री ओलीले कार्लोसलाई पुनः नेपाल भ्रमण गर्न निमन्त्रणा दिँदै माउन्टेन फ्लाइट र चितवनको जंगल सफारीको प्रस्ताव पनि राखे । उत्तरमा २००२ का विश्वकप विजेता कार्लोसले नेपाली जनता र प्रधानमन्त्रीबाट पाएको आतिथ्यताप्रति आभार व्यक्त गर्दै भने, ‘नेपाल आएकामा अत्यन्तै खुशी छु, यहाँका युवाहरुको ऊर्जा र आत्मीयता प्रशंसनीय छ ।’
५२ वर्षीय ब्राजिलियन लेजेन्ड कार्लोस मंगलबार नेपाल आएका हुन् । उनले तीन पटक विश्वकप खेलेका छन् र विशेष गरी शक्तिशाली लेफ्ट फुट तथा द्रुत गतिका लागि चिनिन्छन् । बुधबार उनले दशरथ रंगशालामा हुने नेपाल सुपर लिगको दोस्रो क्वालिफायर हेर्ने तालिका छ जहाँ धनगढी एफसी र पोखरा थन्डर्सबीच फाइनलको टिकटका लागि भिडन्त हुँदैछ । यसअघि ललितपुर सिटी एफसी पहिले नै फाइनलमा प्रवेश गरिसकेको छ । यसरी सिंहदरबारमा भएको यो अनौपचारिक तर ऐतिहासिक भेटघाटले खेलकुद र कूटनीतिलाई एउटै मैदानमा ल्याएको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares