६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

मुलुकमा समाजिक रूपान्तरण हुन नसक्दा जनजनमा असन्तुष्टि बढेको छ : उपमहासचिव ज्ञवाली

द नेप्लिज संवाददाता
१७ फागुन २०८१, शनिबार

Advertisement

विराटनगर– नेकपा ९एााले०का उपमहासचिव प्रदिप ज्ञवालीले मुलुकमा राजनीतिक परिवर्तन भए पनि समाजिक रूपान्तरण हुन नसक्दा जनतामा असन्तुष्टि निरासा बढेको बताएका छन् ।

एमाले मोरङको १० अ‍ौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा उनले मुलुकमा सामाजिक रूपान्तरण हुन नसक्दा भूमिहिन अझै घर विहिन, दलितलाई अझै जातीय र वर्गीय विभेद, महिलाको समानुिातिक प्रतिनिधत्व र युवा जनशक्तिका लागि रोजगारी सृजनाको काम अझै बाँकी रहेको बताएका हुन् । ‘मुलुक अहिले स्थिरता चाह्ने र अस्थिरता निम्तियाउनेबीचको अवस्थामा छ,’ उनले भने, ‘साना दललाई बुइँ चढाएर कहिले कांग्रेस र कहिले एमाले तर्साउने मौका दिएपछि देश झन झन भ्रष्टाचार मौलाउँदै गएको र जनतामा नैरास्यता बढ्दै गएपछि असार १७ गते कांग्रेस एमालेको सरकार बन्यो ।’

लोकतन्त्रमाथि नै खतरा बढेपछि मुलुकमा राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमाले एक ठाउँमा आएको ज्ञवालीले बताए । एमालेको मुख्य प्रतिस्परर्धी कांग्रेस भए पनि दुई दलबीच मुलुकमा प्रजातन्त्र र लोकतन्त्र ल्याउन पटकपटक सहकार्य भएको उनले स्मरण गरेका थिए । छिमेकी मुलुकहरुसँग हाम्रो तटस्थताको सम्बन्ध रहनु पर्ने हाम्रो नीति रहेको ज्ञवालीले बताए । ‘हामी भारत र चीनको विरोधी र समर्थक होइनौं, हामी नेपाली हौं,’ उनले भने, ‘समय सन्दर्भले हामीलाई कुनै किनारा लागे जस्तो देखाए पनि हाम्रो तटस्थतामा कसैले प्रश्न उठाउन सक्ने अवस्था छैन ।’ 

अहिलेका सरकारले असन्तुष्टि र निरासालाई चिर्न विभिन्न क्षेत्रमा काम अघि बढाएको ज्ञवालीले बताए । ‘सहकारीका १४ हजार बचतकर्ताको बचत फिर्ता गरेका छौं र अब बाँकी रहेको ६८ हजार बचतकत्र्ताको बचत फिर्ता गराउनेतिर सरकार लागेको अवस्थामा केहीलाई छटपटि लागेको छ,’ उनले भने, ‘मुलुकमा अस्थिरता चाहनेहरुले सरकार बदल्ने खेलमा लागेका छन् ।’ मुलुकमा स्थिरता र अस्थिरता चाहने समूहहरु रहेकाले सरकार गम्भीरतापूर्वक अघि बढिरहेको उनले सुनाए । 

मुलुकमा आशावाद र निराशावादबीचको तथा राष्ट्रिय अखण्डता र विखण्डन चाहने बीचको लडाइ रहेको ज्ञवालीले बताए । ‘सधैंभरि निराशा नै निराशाका कुरा गर्नेले वितण्डना मचाइरहेका हुन्छन्,’ उनले भने, ‘मुलुकमा जातीय विखण्डन ल्याउनेले जातीय द्वन्द्व फैलाएर मुलुकलाई गृहयुद्धमा धकेल्न चाहेका थिए । त्यसैको परिणाम मधेसमा पहाडी समूदाय, पश्चिममा थारु र अन्य समूदाय, पहाडमा आदिवासी जनजाति र अन्य समुदायबीच काटाकाटको अवस्था सृजना गरेका थिए तर त्यसबाट सम्हलेर देश राजनीतिक स्थायित्वको बाटोमा अघि बढी सकेकाले सबै खाले निराशा र असन्तुष्टि विस्तारै हट्दै जानेछन् ।’ 

प्रचण्डले जातीय पहिचानतिर कोशीलाई लग्न खोजी रहेको ज्ञवालीको आरोप छ । उनले जात र धर्मको नाम रोटी सेक्न चाहनेहरुले मुलुकमा पुनः जातीय द्वन्द्व फैलाउन चाहेको आरोप लगाए । ‘केहीले जातीय प्रश्नहरू तेर्स्याएर पपुलिजमको राजनीति गर्दैछन्,’ उनले भने, ‘पपुलिजमको राजनीतिले सुन्दर देश युक्रेन खरानी भएको हामी सबैले हेरिरहेका छौं त्यसैले यो अब यहाँ चल्दैन ।’

पार्टीभित्रको प्रतिस्पर्धाले अनावश्यक तिक्ततातिर नजान ज्ञवालीले पार्टीपंक्तिलाई आग्रह गरे । ‘हामीलाई चुनावी प्रतिस्पर्धा, गरिबी, पछ्यौटेपनलाई जित्दै समृद्ध मुलुकको अभिभारा पूरा गर्नुछ,’ उनले भने, ‘अन्य दलसँग बस्ने तर फ्नैसँग बस्न नसक्ने अवस्था त्यागेर पार्टी हितमा एकसाथ सबैलाई लाग्न र राष्ट्रिय शत्तिः निर्माण गरेर मुलुकको सामाजिक रुपान्तरणमा सबैलाई योगदान गर्नु अपरिहार्य छ ।

प्रकाशित : १७ फागुन २०८१, शनिबार 17:45
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved