लमजुङ– १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेसीशहर नगरपालिका–१ उदिपुरका ३७ वर्षीय शिवराज आले मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
शिवराजले आइतबार राति ति बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।
नेपालमा महिला हिंसाका घटनामा वृद्धि भएको तथ्य चिन्ताको विषय बनेको छ । पछिल्लो पाँच महिनामा जबरजस्ती करणीका ७ सय १० घटनाहरू दर्ता भएका छन् । यसले गर्दा समाजमा यस्ता जघन्य अपराधहरूको बढ्दो प्रवृत्तिलाई रोक्न कडा कदम चाल्नुपर्ने आवश्यकता झल्काउँछ।
कानूनी दृष्टिकोणबाट पनि जबरजस्ती करणी गम्भीर अपराध हो जसका लागि कडा सजायँको व्यवस्था गरिएको छ । १८ वर्षभन्दा बढी उमेरकी महिलासँग जबरजस्ती करणी गरेमा ७ वर्षदेखि १० वर्षसम्मको कैद र २ लाख रुपैयाँसम्मको जरिवाना तोकिएको छ। साथै वैवाहिक सम्बन्धमा रहेका पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पनि ५ वर्षसम्मको कैद सजायँको व्यवस्था गरिएको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares