‘अवस्था बदल्न व्यवस्था बदलौं’
विराटनगर— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही चैत २६ मा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्न लागेको आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ । ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त प्रदर्शन तथा आमसभामा समितिका संयोजक जगमान गुरुङद्वारा जारी विज्ञप्तिमा समर्थन जनाइएको हो ।
विज्ञप्तिमा राष्ट्रवादी तथा देशभक्त नागरिकहरूलाई राष्ट्रिय झण्डासहित शान्तिपूर्ण रूपमा सक्रिय सहभागिता जनाउन आह्वान गरिएको छ । उक्त समिति राजसंस्था पुनस्र्थापनाका लागि क्रियाशील समूह हो जसले राप्रपाको आन्दोलनलाई समर्थन जनाउनु राजनीतिक परिदृश्यमा नयाँ ध्रुवीकरणको संकेत मान्न सकिन्छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो सहकार्यले नेपालमा राजसंस्थाको पुनस्र्थापनाका पक्षधर शक्तिहरूबीच एकता बढाउने सम्भावना छ । यसले आगामी दिनमा राजनीतिक समीकरणहरूमा नयाँ मोड ल्याउन सक्ने अनुमान गरिएको छ । यस परिप्रेक्ष्यमा राप्रपाको आन्दोलन र संयुक्त जनआन्दोलन समितिको समर्थनले नेपालको राजनीतिक भविष्यमा के कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा चासो बढेको छ ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares