४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

राजावादी प्रदर्शनमा पेस्तोलसहित देखिएका व्यक्ति प्रहरी नै थिए...

द नेप्लिज संवाददाता
१६ चैत २०८१, शनिबार

Advertisement

विराटनगर--  काठमाडौंको तिनकुनेमा शुक्रबार राजावादी प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधिका तस्बिर तथा भिडिओहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

तीमध्ये कोटेश्वरको एउटा भीडीओ विशेष रूपमा चर्चा भइरहेको छ। उक्त भिडिओमा एक जना पुरुषले पेस्तोल निकालिरहेको देखिन्छ भने अन्य व्यक्तिहरू लाठीसहित देखिन्छन् । यसले ती व्यक्तिहरू प्रदर्शनकारी हुन् कि होइनन् भन्ने चासो सिर्जना गरेको छ।

तर ती व्यक्ति प्रदर्शनकारी नभएर प्रहरी नै भएको खुलेको छ। उनीहरू लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी अधिकारी भएको पुष्टि भएको छ। ब्युरोका प्रवक्ता एवं एसपी नारायण अधिकारीका अनुसार शुक्रबार दिउँसो प्रहरीले एउटा अपरेशन पूरा गरी फर्किंदै गर्दा प्रदर्शन उग्र बनेपछि केही प्रदर्शनकारी कोटेश्वरका भित्री गल्लीमा पसेका थिए।

एसपी अधिकारीका अनुसार प्रदर्शनकारीहरूले बाटो अबरुद्ध गरेपछि सिभिल पोशाकमा रहेका प्रहरीहरू उनीहरूलाई रोक्न प्रयास गरेका थिए। तर केही बेरमै प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरे।

'आफ्नै सुरक्षाका लागि ती अधिकारीले पेस्तोल निकालेका हुन् तर फायर खोलेका थिएनन्,' एसपी अधिकारीले भने।

राजावादी प्रदर्शनका क्रममा थुप्रै सवारीसाधनमा आगजनी गरिएको थियो। बालकुमारीमा रास्वपा प्रमुख सचेतक सन्तोष परियारको गाडी तथा जडिबुटी औषधि प्रशोधन केन्द्रका आठ वटा गाडी प्रदर्शनकारीहरूले जलाएका थिए।

यस घटनामा संलग्न १ सय ५ जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरूमाथि के कस्तो कानुनी कारबाही अघि बढाउने भन्नेबारे छलफल भइरहेको छ।

राजावादी प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं फरार छन्। राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल लगायत भने पक्राउ परिसकेका छन्।

प्रकाशित : १६ चैत २०८१, शनिबार 12:03
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved