२३ असोज २०८२, बिहीबार 09 Oct 2025, Thursday

महासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग

द नेप्लिज संवाददाता
५ असोज २०८२, आइतबार

विराटनगर– नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले जेनजी आन्दोलनका क्रममा भएको आगजनीले ध्वस्त जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि आइतबार १० थान कम्प्युटर सहयोग गरेका छन् । आगजनीबाट सम्पूर्ण रुपमा जलेर ध्वस्त भएको जिल्ला प्रशासन मोरङको सेवा सुचारु हुन सकेको छैन । 

महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी(श्याम)ले उक्त कम्प्युटर मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई हस्तान्तरण गरेका हुन् । आगलागीले ध्वस्त भएको जिल्ला प्रशासन मोरङको भवन रंगरोगनका लागि एसियन पेन्टसले तीन सय लिटर रंग सहयोग गरेको छ भने रंगरोगनका लागि लाग्ने खर्च महासंघले उपलब्ध गराएको कार्यकारी निर्देशक भण्डारीले बताएका छन् । 

बसाइँ लगायतका व्यवस्थापन गरेर जिल्ला प्रशासन कार्यालयको सेवा सुचारु गर्ने तयारीमा जुटेको मोरङका प्रमुख जिल्ला अधिकारी यादवले बताएका हुन् । 

प्रकाशित : ५ असोज २०८२, आइतबार 17:56
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved