जेनजी आन्दाेलन
विराटनगर- काेशी प्रदेशका भाैतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले जेनजी आन्दाेलनका क्रममा काेशी प्रदेशमा भएकाे क्षतिकाे बस्तुस्थिति अध्ययनका लागि आइतबार पाँच सदस्यीय समिति गठन गरेका छन् । मन्त्रालयका भवन महाशाखा प्रमुख डीई विनम दाहालकाे संयाेजकत्वमा एक जना लेखाअधिकृत र चार जना प्राविधिकसहित पाँच सदस्यीय समिति गठज गरेका हुन् ।
समितिले प्रदेश सरकारअन्ततर्गतका कार्यालयहरूमा जेनजी आन्दाेलनका क्रममा भएकाे भाैतिक क्षतिकाे बस्तुस्थिति अध्ययन प्रतिवेदन कार्तिक २ गतेसम्ममा मन्त्रालयमा पेस गर्ने र मन्त्रालयले निर्णय गरेर कार्तिक ९ गते बस्ने मन्त्रिपरिषद्मा पेस गर्ने मन्त्री राईले बताएका हुन् ।
अध्ययन टाेलीलाई भाैतिक संरचनाकाे क्षति विवरण, भाैतिक संरचना पुनः प्रयाेग गर्न याेग्य छ वा छैन र पुनः प्रयाेग याेग्य संरचना पुनर्निमार्णकाे लागत स्टिमेटसहितकाे प्रतिवेदन पेश गर्नुपर्ने टीओआर दिइएकाे छ । समितिलाई आइतबार चिठ्ठी प्रदान गरेकाेले साेमबारदेखि काम सुरू गर्ने भाैतिक मन्त्रालयका निमित सचिव रमेश श्रेष्ठले बताएका छन् ।
असाेज २ गते बसेकाे प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशमातहतका कार्यालयमा भएकाे भाैतिक क्षतिकाे वस्तुस्थिति अध्ययनका लागि भाैतिक पूर्वाधार विकास मन्त्रालयलाई र सवारी साधनकाे क्षतिकाे बस्तुस्थिति अध्ययन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिनुका साथै प्रदेशमा भएकाे ५ लाखसम्मकाे याेजना कार्यान्वयन नगर्ने निर्णय गरेकाे थियाे ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले मन्त्रिपरिषद्काे निर्णय मन्त्रालयमा साेमबार आएपछि तत्काल अध्ययन समिति गठन गरेर काम सुरू गर्ने बताएका छन् ।
समाचार
मोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares