२३ असोज २०८२, बिहीबार 09 Oct 2025, Thursday

जेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त विराटनगर महानगरको भवन प्रयोग योग्य

द नेप्लिज संवाददाता
५ असोज २०८२, आइतबार

विराटनगर– जेनजी आन्दोलनका क्रममा गरिएको आगजनीबाट ध्वस्त भएको विराटनगर महानगरपालिकाको भवन प्रयोग योग्य रहेको विज्ञ प्राविधिक टोलीले ठहर गरेको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते अराजक समूहले गरेको आगजनीले ध्वस्त महानगरको भवन पुनः प्रयोग योग्य रहे नरहेको आइतबार विज्ञ प्राविधिक टोलीले परीक्षण गरेको थियो । 

प्राविधिक टोलीमा मनमोहन प्राविधिक विश्वविद्यालयकी डीन डा. रेखा श्रेष्ठ, पूर्वाञ्चल विश्वविद्यालयका अविनाशकुमार मण्डल, नेपाल इन्जिनियर एसोसिएसन कोशी प्रदेशका सभापति जगरनाथ साह, इन्जिनियर उमेश ओझा, भरत न्यौपानेलगायतका विज्ञ प्राविधिक टोलीले आगजनीले ध्वस्त महानगरको भवन परीक्षण गरेर प्रतिवेदन दिएको महानगरले जनाएको छ । 

आगजनीबाट ध्वस्त भएको महानगरको सरसफाईपछि विज्ञ प्राविधिक टोली बोलाएर महानगरले परीक्षण गराएको हो । महानगरले हाल अत्यावश्यकसहित आंशिक रुपमा सेवा सुचारु गरेको छ । 
 

प्रकाशित : ५ असोज २०८२, आइतबार 18:13
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved