४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

चिकित्सक : १२ वर्षको वनबास अनि फेरि कठिन मेहनत र तनाव !

डा. बालकृष्ण साह
२४ माघ २०८१, बिहीबार

Advertisement

नीजि अस्पतालमा चरम श्रम शोषण गर्ने, बिरामीसँग महंगो शुल्क लिएर डाक्टरलाई बदनाम गर्ने अनि सरकारीमा समयमा लोकसेवा नखुल्ने भए पछि डाक्टर विदेश जान बाध्य भएका हुन् । दुर्गममा चिकित्सक पुगेन भनेर डाक्टरलाई आरोप लगाउने तर दुर्गममा दरबन्दि थपेर पदपुर्ति नगर्ने सरकारको दोहोरो चरित्रको पर्दाफास कसैले नगर्ने ।
 

चिकित्सक भन्दा पनि ‘डाक्टर’ भन्दा धेरैले गौरव, गर्व वा ठूलो सम्मानका रुपमा लिन्छन् । सायद त्यसैले होला, बालबालिकाहरुलाई ‘के बन्ने ?’ भनेर प्रश्न गर्दा धेरैले डाक्टर बन्ने भन्छन् । यीमध्ये कतिले साच्चिकै मेहनत पनि गर्छन । चिकित्सा शिक्षा आयोगद्वारा संचालित मेडिकल प्रवेश एकिकृत परीक्षाले पनि चिकित्सक बन्ने सपना धेरैको रहेको देखाउँछ । 

गत वर्ष लगभग ४ हजारले परीक्षा दिए । तर मात्र ३ सय जना एमबीबीएस र १ हजार ८ सय जना बीडीएस पढ्न योग्य भए । डाक्टरी पढ्ने धेरै विद्यार्थीका सपना अनि त्यो भन्दा पनि धेरै अभिभावकहरुलाई सन्तानलाई डाक्टर नै बनाउने चाहना रहेको देखिन्छ ।  

डाक्टरी अध्ययन गर्न पाउन मात्र गार्‍हो छैन । अध्ययन गर्न समेत उत्तिकै गार्‍हो छ । सामान्यतया: १२ पछि ४–५ वर्ष स्नातक र ३–४ बर्ष स्नातकोत्तर गरी बढीमा ९ वर्षको अध्ययनले अन्य विषय जस्तो विशेषज्ञ चिकित्सक बन्न सकिंदैन । १२ को अध्ययन पछि एमबीबीएस वा बीडीएस पूरा गर्न कम्तिमा ५ वर्ष ६ महिनादेखि ६ वर्ष लाग्छ । 

अनि बल्ल मेडिकल अधिकृत बन्न सक्छ । तर मेडिकल अधिकृतलाई कुनै विशेषज्ञ भन्न मिल्दैन । कम्तिमा एक वर्षको कार्यानुभाव भए पछि बल्ल विशेषज्ञ अध्ययनको योग्य हुन्छ । बिशेषज्ञ (एमडी/एमएस) अध्ययनका लागि १–२ वर्ष प्रवेश परीक्षा तयारी गर्नुपर्छ । अनि, भर्ना गरे पछि एमडीको पढाइ पूरा हुन कम्तीमा ३ वर्ष लाग्छ । अझ ‘सुपर स्पेसलाइजेसन’ गर्ने हो भने डीएम/एमसीएच गर्न थप समय लाग्छ । यो अध्ययनको समयमा कठिन श्रम गर्नुपर्छ । यो करिब १२ वर्ष कुनै बनबासभन्दा कम हँुदैन । 

नेपालमा डाक्टरलाई रोजगारको अवसर खोइ ? यस तर्फ कसैले सोचेका छैनन् । सहरमा भौतारिरहेका डाक्टरको भिड सन्तुष्ट छन् ? आर्थिक रुपले सुरक्षित छन् ? सरकारले डाक्टरहरुलाई सुरक्षित अनि योग्यता अनुसार नियुक्ति गर्न सकेका छन् ? यसतर्फ कसैले सोचेका छैनन् । प्रजातन्त्र पुनस्र्थापनापछि ०४८ मा पहिलो निर्वाचित सरकार बन्दा देशमा डाक्टरको दरबन्दी १२ सय १२ थियो ।

भनिन्छ दु:ख पछि सुख हुन्छ । त्यसैले लामो अध्ययन पछि डाक्टरको जीवन धेरै आनन्दमय् होला भनी कल्पना गरिन्छ । बाहिरबाट हेर्दा चिट्टिक्क अनि छरितो पहिरनमा सजिएको देखिएका डाक्टहरुको काँधमा त्यति नै ठूलो दायित्व र दिमागमा बोझ हुन्छ । अन्य जागिरको जस्तो १०–४ वा १ सिफ्टवाला जिन्दगी डाक्टरको हँुदैन । 
कुन बेला अस्पताल कुद्नुपर्ने, कतिखेर आफूले हेर्दै गरेका बिरामीको अवस्था जटिल हुने, अनि कहिले आफुले सल्यक्रिया गरेकाको  अवस्था सामान्य हुने चिन्ता त छँदैछ । पारिवारिक, समाजिक अनि पछिल्लो समयमा असुरक्षित रोजगारले पनि पिरोलिएको हुन्छ ।

जीवनको युवा अवस्था पढाइमा खर्चिएकाले समयमा विवाह नगर्ने त छँदैछ, अध्ययन पछि पनि पारिवारिक र समाजिक जिवनलाई समय दिन नसक्ने हुन्छन् । कुन बिरामीको औषधि उपचार गरे पछि त्यसबाट कति राम्रो भइरहेको छ  ? कति निको भयो ? भन्ने कुरामा डाक्टरलाई चासो भइरहन्छ । त्यसैले परिवारमा के भयो ? साथीभाइको के छ ? यतातिर धेरै समय खर्चिन सक्दैनन् । आफ्ना लागि समय त यस्तै हो । 

यी सब हुँदाहँुदै पनि धेरै डाक्टरलाई नेपालमा सेवा गरांै भन्ने हुन्छ । हुन त् नेपाल मेडिकल काउन्सिलको पछिल्लो तथ्यांकले बर्सेनि विदेश पलायन हुने नेपाली चिकित्सकको संख्या बढ्दै गएको देखाउँछ । सो तथ्यांक अनुसार पछिल्ला ४ वर्षमा नेपालमा ८ हजार ६ सय २४ जना नयाँ चिकित्सक काउन्सिलमा दर्ता भए  । ६ हजार ३ सय ६८ चिकित्सकले विदेश जान काउन्सिलबाट असल चारित्रिक प्रमाणपत्र (गुड स्ट्यान्डिङ सर्टिफिकेट) लिएका छन् । 

उनीहरूले विदेशमा थप अध्ययन र काम गर्नका लागि उक्त प्रमाणपत्र लिनुपर्ने अवस्था छ  । यो ४ वर्षको तथ्यांक हेर्दा नयाँ दर्ता भएकामध्ये करिब ७४ प्रतिशत चिकित्सक कामको खोजी र थप अध्ययनका लागि विदेश गए वा जाने योजनामा छन् । यो अवस्थाको श्रृजना कसरी भयो ? थाहा नभएको कोही छैन होला । 

नेपालमा डाक्टरलाई रोजगारको अवसर खोइ ? यस तर्फ कसैले सोचेका छैनन् । सहरमा भौतारिरहेका डाक्टरको भिड सन्तुष्ट छन् ? आर्थिक रुपले सुरक्षित छन् ? सरकारले डाक्टरहरुलाई सुरक्षित अनि योग्यता अनुसार नियुक्ति गर्न सकेका छन् ? यसतर्फ कसैले सोचेका छैनन् । प्रजातन्त्र पुनस्र्थापनापछि ०४८ मा पहिलो निर्वाचित सरकार बन्दा देशमा डाक्टरको दरबन्दी १२ सय १२ थियो ।
 
३३ वर्ष पछि अहिले पनि संघीय सरकार अन्तर्गत डाक्टरको दरबन्दी त्यति नै छ । यसबीच देशले ३ दर्जन भन्दा बढी वटा सरकार पायो, तर नागरिकलाई सहज सेवा दिने गरी डाक्टरको संख्या थप्ने विषय कसैको प्राथमिकतामा परेको छैन । संघ र प्रदेशको गरी हाल देशभर एक हजार नौ सय १६ चिकित्सकको दरबन्दी छ । यो संख्या पनि संघीयता लागू भए पछि प्रदेशले दरबन्दी खुलाएसागै थपिएको हो । विभिन्न प्रदेशहरूले सात सय चार दरबन्दी थपेका हुन् ।

संघले त ३३ वर्षअघिकै दरबन्दी कायम राखेको छ । जबकी ०४८ मा देशको जनसंख्या एक करोड ८४ लाख ९१ हजार ९७ थियो भने अहिले दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगिसकेको छ । र यी स्थापित दरबन्दिमा समेत लामो समय देखि पदपुर्ति हुन सकेका छैनन् । 

स्वास्थ्य मन्त्रालयका पछिल्लो तथ्याङ्क अनुसार संघ र प्रदेशको दरबन्दीमा रहेकामध्ये एघारौं तहका कन्सलट्यान्ट चिकित्सकहरु करिब ३ सय मात्र छन् । त्यसैगरि नवौं र दसौं तहका विशेषज्ञ चिकित्सकहरु करिब १ हजार रहेका छन् । र आठौं तहका मेडिकल अधिकृतहरु पनि १ हजार भन्दा कम नै छन् ।
 
नीजि अस्पतालमा चरम श्रम शोषण गर्ने, बिरामीसँग महंगो शुल्क लिएर डाक्टरलाई बदनाम गर्ने अनि सरकारीमा समयमा लोकसेवा नखुल्ने भए पछि डाक्टर विदेश जान बाध्य भएका हुन् । दुर्गममा चिकित्सक पुगेन भनेर डाक्टरलाई आरोप लगाउने तर दुर्गममा दरबन्दि थपेर पदपुर्ति नगर्ने सरकारको दोहोरो चरित्रको पर्दाफास कसैले नगर्ने । लेखापाल, प्रसासनका खरदार–सुब्बा चाहि स्थायी चाहिने अनि डाक्टरलाई करार, ज्यालादारीमा कामकाज गराउने प्रवृति यत्ति सम्म झाङ्गियो कि ‘ डाक्टरहरुलाई १२ बर्ष अध्ययन गर अनि १० बर्ष काम गरेर घरको नघाटको भएर मर’ को स्थिति बनाएको छ भन्दा फरक नपर्ला । 

डाक्टरहरु विदेशिने मात्र होइन, डाक्टर पढ्नेहरुको कमी आएको छ । कुनै समय नेपालमा डाक्टरी पढ्न नाम निकाल्दिन पनि घुस दिएको खबर आउने हाम्रो देशमा यस बर्ष नेपालकै मेडिकल कलेजहरुमा १ सय ५१ एमबीबीएस र १ सय ९२ बीडीएसको सिट खाली गएको छ । एमडी/एमएसको अध्ययनमा निर्वाह भत्ताको बिषयलाई लिएर आन्दोलन चल्दैछ । अझै पनि सरकार, नेतृत्व र समाजले डाक्टरको भित्रि पिडाहरुको गहन अध्ययन गरेर उपचार तर्फ उन्मुख नभए, गहिरो संकट नआउला भन्न सकिन्न । 
(लेखक, नेपाल चिकित्सक संघ कोशी शाखाका महासचिव हुन् ।)

प्रकाशित : २४ माघ २०८१, बिहीबार 17:24
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved