विराटनगर– नेपाल चिकित्सक संघ कोशी शाखाले कोशी अस्पतालमा सेवा ठप्प गर्ने निर्णयबाट पछि हट्दै कोशी अस्पतालमा उपचार सुरु गरेको छ । चिकित्सक संघले शुक्रबार आवासीय चिकित्सकहरुको आन्दोलनमा समर्थन जनाउँदै कोशी अस्पतालमा बहिरंग सेवा बन्द गराएका थिए । कोशी अस्पतालमा उपचार ठप्प गरेर निजी अस्पतालमा बिरामीको उपचार गरिरहेको भन्दै चौतर्फी दबाब बढेपछि चिकित्सक संघ पछि हटेको हो ।
चिकित्सक संघले सामुदायिक अस्पतालमा उपचार सेवा ठप्प गरेकोले अवरोध गर्दा विपन्न र पहुँचविहीन नागरिक उपचार सेवाबाट बञ्चित भएको भन्दै द नेप्लिज डट कमले समाचार र सम्पादकीय प्रकाशन गरेको थियो । यसले नागरिक समाजका साथै आन्दोलनरत चिकित्सकहरुको समेत ध्यानाकर्षण भएको थियो ।
चिकित्सक संघ कोशीका महासचिव डा. बालकृष्ण साहले अस्पतालमा उपचार ठप्प गरेपछि आममान्छे उपचारबाट बञ्चित भएको र आवासीय चिकित्सकहरुसँग काठमाडौंँमा वार्ता पनि हुने भएकोले आइतबारबाट सरकारी अस्पतालमा अवरोध नगरेको बताएका छन् ।
चिकित्सक संघ कोशीले आवासीय चिकित्सकहरुको आन्दोलनप्रति समर्थन जनाउँदै आइतबार प्रदर्शन गरेर जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि धर्ना दिएका छन् । उनीहरुले आवासीय चिकित्सकहरुको मागलाई समर्थन जनाउँदै चर्को नारा घन्काएका थिए ।
स्वास्थ्य
न्यूरो अस्पतालले रजत जयन्ती मनाउँदै
द नेप्लिज संवाददाताआधारभूत स्वास्थ्य उपचार सेवा स्थानीय तहको दायित्व हो : स्वास्थ्यमन्त्री पौडेल
द नेप्लिज संवाददाताब्रह्माकुमारी राजयोगद्वारा रक्तदान
द नेप्लिज संवाददाताब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र बरगाछीद्वारा रक्तदान
द नेप्लिज संवाददातामन्त्री राईद्वारा झुम्का कारागार निरीक्षण, सबै कैदीबन्दीको स्वास्थ्य परीक्षण गराउन निर्देशन
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares