सुनसरी– इटहरीको मुख्य बजारमा रहेको सेन्टर प्लाजा ब्यापारिक भवनमा आगलागी भएको छ । बिहान पौने दश बजेबाट आगलागी सुरु भएको थियो । करिब छ घण्टापछि आगो नियन्त्रणमा आएको छ ।
आगलागीमा फसेका ८ पुरुष र ३ महिलाको उद्धार गरिएको छ । भवनको छतमा फसेका तीन जनाको काठमाडौँबाट आएको नेपाली सेनाको हेलिकप्टरले ज्यान बचाएको हो ।
उद्धार गरिएका तीन जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत इटहरीस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गराइएको थियो । यसअघि डोरीको प्रयोग गरेर ८ जनाको उद्धार गरिएको थियो । आगलागीबाट फैलिएको धुँवाका कारण दुई जना सामान्य घाइते भएका छन् । उद्धार गर्ने र आगो निभाउने क्रममा ५ जना सुरक्षाकर्मीसहित दुई जना सर्वसाधारण पनि घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार क्रेनको सहायताले पानी, आयल निगमबाट फोम तथा फायरबल लगायतका सामग्री ल्याएर आगो नियन्त्रण गरिसकिएको छ । के कारणले आगो लागेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । आगलागीमा फसेकाको उद्धारका लागि गृह मन्त्रालयले काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो ।
दश तले प्लाजाको पाँचौँ र छैटौँ तलाबाट बिहान आगलागी सुरु भएको थियो । आगलागी नियन्त्रणका लागि विराटनगर, इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैचा लगायतका स्थानीय तहबाट आएका १२ वटा वटा दमकल, ३ सयको हाराहारीमा रहेका नेपाली सेना र प्रहरी खटिएका थिए । । आगलागी भएको भवनमा होटल, सिनेमा हल, बैंक, सुपरमार्केट, कपडाका पसल, मोबाइल तथा इलेक्ट्रोनिक्सका ठूला पसलहरू सञ्चालनमा छन् ।
आगोको मुस्लोका कारण प्लाजामा भएका व्यवसायी र कामदारहरू बाहिर निस्कन समस्या भएको थियो । । प्लाजा इटहरीका राजेश श्रेष्ठको व्यसायकक भवन हो । आगलागी विद्युत सट भएर वा ग्यास लिक भएर भएको अनुमान गरिएको छ ।
पछिल्लो समय सहरी क्षेत्रमा गगनचुम्बी भवन बनाउन पालिकाहरुले अनुमति दिएपनि सुरक्षात्मक उपाय नअपनाएकाले आगलागी नियन्त्रणमा समस्या भइरहेको स्थानीय प्रहरीले जनाएको छ । अहिले मुलुकभरि नै गगनचुम्बी भवन बनाउने लहर चलेको तर त्यसमा हुने दैवी प्रकोपको अवस्थामा अपनाउने सुरक्षात्मक उपायको व्यवस्था नहुँदा जोखिम रहेको सुरक्षाकर्मीको भननाइ छ ।
इटहरीको बजार क्षेत्रमा आगलागी भएको यो पहिलो घटना भने होइन । २०७४ को असार ३० मा इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा राति साढे १२ बजेपछि भएको भीषण आगलागीमा करिब ६ करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको थियो ।
विद्युतको मेन स्विच सर्ट भएर आगलागी हुँदा युवराज कार्कीले सञ्चालन गरेको मार्बल टायल र सेनिटरीका सामग्रीको पसलमा रहेका सबै सामग्री जलेर ध्वस्त भएका थिए । २०७५ साल जेठ ७ मा इटहरी–६ स्थित मुख्य बजार क्षेत्रमा मध्य रातमा आगलागी भएको थियो ।
तयारी कपडाका दुई थोक पसलमा कम्तीमा तीन करोड रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको थियो । राति सवा १२ बजे विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको थियो । इटहरी, धरान, इनरुवा र मोरङको सुन्दरहरैचाबाट आएका चारवटा बारुणयन्त्रले राति २ बजे आगो नियन्त्रणमा लिएको थियो ।
२०७५ को कार्तिक २२ मा इटहरीको धरान लाइनस्थित रेखा पराजुलीको घरमा भएको आगलागीमा त्यहाँ व्यवसाय गर्दै आएका नेत्र भट्टराईको सप्तकोशी इलेक्ट्रोनिक्स पसलमा ठूलो क्षति पुगेको थियो । छिमेकी गणेश लुइँटेलको कपडा पसल भएको घरमा पनि क्षति पुगेको थियो ।
आगलागी नियन्त्रण गर्न इटहरीबाहेक धरान, विराटनगर, दुहबी, इनरुवा, दमक, सुन्दरहरैचा आदि क्षेत्रबाट ८ वटा दमकल आएका थिए । सेन्ट्रल प्लाजामा जडित फायर फाइटिङ रिजर्भ ट्यांकी प्रविधिले आगलागी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको थियो ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares