३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

सडक सौन्दर्यीकरणमा एभरेष्ट बैंकको सहयोग

द नेप्लिज संवाददाता
२९ चैत २०८१, शुक्रबार

Advertisement

विराटनगर– विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यीकरणका लागि एभरेष्ट बैंक लिमिटेडले १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । महानगरको सौन्दर्यीकरणका लागि ‘क’ वर्गका बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएअनुरुप एभरेष्ट बैंकले पहिलो चरणमा १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
 
महानगरको सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाललाई बैंकका कोशी प्रदेश प्रमुख सुधीर गौतमले चेक हस्तान्तरण गरेका हुन् । महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यीकरण परियोजना अगाडि बढाएको छ । उक्त परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको हो । एभरेष्टसहित १८ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ३२ लाख ५० रुपैयाँ सहयोग प्राप्त भइसकेको दाहालले बताए । 

महानगरका मेयर नागेश कोइरालाले विराटनगरको समग्र विकासमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् । बैंक तथा वित्तीय संस्थाहरूको उत्साहजनक सहभागिताले सडक सौन्दर्यीकरणले मूर्त रुप लिएको मेयर कोइरालाको भनाइ थियो ।

प्रकाशित : २९ चैत २०८१, शुक्रबार 17:05
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved