६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

देशभरि लागूऔषध नियन्त्रणको क्रममा २९ जना पक्राउ

द नेप्लिज संवाददाता
१३ चैत २०८१, बुधबार

Advertisement

विराटनगर– नेपालका विभिन्न स्थानहरूमा मंगलबार र सोमबार लागूऔषध नियन्त्रणमा कडा कारवाही गरिएको छ । प्रहरीले विभिन्न स्थानहरूबाट २९ जनालाई अवैध लागूऔषधसँगै पक्राउ गरेको छ । यसमा खैरो हेरोइन र गाँजा प्रमुख छन् ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–४ कालागाउँबाट १ सय १० मिलिग्राम ब्राउन सुगरसहित २९ वर्षीय दिपक थापालाई पक्राउ गरिएको छ। प्रहरीले जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ बसन्त टोलबाट ५० मिलिग्राम खैरो हेरोइनसहित २६ वर्षीय वीरेन्द्र चौधरीलाई मंगलबार राति पक्राउ गरिएको छ । प्रहरीले कैलालीको अस्थायी प्रहरी पोष्ट शान्तीनगरबाट खटिएको टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी कैलालीको गोदावरी नगरपालिका–८ स्याउले स्कुल टोलबाट २ ग्राम २ सय ८० मिलिग्राम खैरो हेरोइनसहित २५ वर्षीय सुनिल बम र २१ वर्षीय प्रकाश भुललाई मंगलबार साँझ पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको टोलीले सुनिलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट १ ग्राम ७ सय ९० मिलिग्राम खैरो हेरोइनसहित २४ वर्षीय अरूण श्रीवास्तव र २२ वर्षीय संजय बिष्टलाई मंगलबार साँझ पक्राउ गरिएको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट ८ सय ९० मिलिग्राम ब्राउन सुगरसहित २५ वर्षीय सचिन सापकोटा र २३ वर्षीय बिपिन कुमार थारूलाई बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीले उनीहरूलाई भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार रहँदा पक्राउ गरेको हो।

मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट १ ग्राम ४ सय ८० मिलिग्राम खैरो हेरोइन र १५ ट्याब्लेट नाइट्राभेटसहित २७ वर्षीय पेशल बस्नेत र २३ वर्षीय गगन खतिवडालाई पक्राउ गरिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।

त्यस्तै बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट ४ ग्राम ३ सय २० मिलिग्राम खैरो हेरोइनसहित १९ वर्षीय कबिन राईलाई पनि मंगलबार साँझ पक्राउ गरिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको टोलीले उनलाई पैदल आउँदा उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पर्साको वीरगंज महानगरपालिका–१३ राधेमाईबाट २४ ट्याब्लेट नाइट्राजेपामसहित २० वर्षीय बसिर अंसारीलाई बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सुनसरी, ईटहरी उपमहानगरपालिका–१७ चमारटोल बस्ने २६ वर्षीय मो. सादिक मिया र ३५ वर्षीय मो. समिर मियालाई ४ ग्राम ६ सय २० मिलिग्राम ब्राउन सुगरसहित मंगलबार साँझ पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहाबाट १ सय ५० किलोग्राम गाँजा सहित ४ जनालाई गए राति पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा बुद्ध घलान, नन्दकिशोर सहनी, बिर बहादुर डम्वा र सोमलाल पाख्रीन रहेका छन् । प्रहरी टोलीले गाँजा ओसारपसार गर्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट १५ किलोग्राम गाँजा सहित ३२ वर्षीय चिरन्जवी राईलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले यात्रुवाहक बसमा सवार उनलाई पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–६ मेचीडाँडाबाट ८७ ग्राम ३ सय ४० मिलिग्राम ब्राउन सुगरसहित २ भारतीय नागरिक साम्सद खान र साहेव अलीलाई सोमबार राति पक्राउ गरिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस घटनामा संलग्न अन्य व्यक्तिहरूलाई पनि पक्राउ गर्ने प्रयास भइरहेको छ ।
 

प्रकाशित : १३ चैत २०८१, बुधबार 15:52
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved