काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बुद्धिमान तामाङले हालै काठमाडौंको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा उनले घटनाको एकतर्फी प्रचार भइरहेको आरोप लगाए ।
‘यस घटनाको तुरुन्तै न्यायिक जाँच हुनुपर्छ, एकपक्षीय रूपमा गलत प्रचार भइरहेको छ,’ तामाङले भने, ‘वास्तविकता समयसँगै प्रस्ट हुनेछ ।’ सांसद तामाङले प्रदर्शन सुरु नहुँदै मञ्चतर्फ अश्रुग्यास प्रहार भएको दाबी गरे ।
‘कार्यक्रम औपचारिक रूपमा सुरु भइसकेको थिएन । मान्छेहरू आउँदै थिए तर सोही बेला अश्रुग्यास हानियो,’ उनले भने । तामाङका अनुसार माहोल बिग्रने यो प्रमुख कारण थियो ।
साथै घटनापछि केवल एक पक्षलाई दोष लगाउने प्रयास गरिएको उनको भनाइ छ । ‘यो गलत प्रवृत्ति हो । निष्पक्ष छानबिन हुनुपर्छ,’ तामाङले जोड दिंदै भने ।
सांसद तामाङले घटनापछि आफ्नो पार्टीका वरिष्ठ उपाध्यक्ष र महामन्त्रीलाई बिना ठोस प्रमाण पक्राउ गरिएको आरोप लगाए । ‘हाम्रो नेताहरूलाई अनावश्यक कानुनी कारबाही गरिँदैछ । पहिले दोषी हो कि होइन, प्रमाण खोज्नुपर्छ,’ उनले आपत्ति प्रकट गर्दै भने ।
सांसद तामाङले घटनाबारे न्यायिक छानबिनको माग राख्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन गृहमन्त्रीलाई भेट्ने तयारी भइरहेको जानकारी दिए । ‘भोलि कसैलाई पनि यस्तै हुन सक्छ । त्यसैले हामी गृहमन्त्रीलाई भेट्न जाँदै छौँ । सत्यतथ्य बाहिर आउनुपर्छ,’ उनले भने ।
काठमाडौंको तीनकुने घटनाले राजनीतिक वृत्तमा बहस सिर्जना गरेको छ । एकातर्फ सरकारको सुरक्षा व्यवस्थापनमा कमी औंल्याइएको छ भने अर्को तर्फ विपक्षीहरू घटनालाई नियोजित हस्तक्षेपका रूपमा व्याख्या गरिरहेका छन् । सांसद तामाङको मागअनुसार घटनाको निष्पक्ष छानबिन हुने हो वा एकपक्षीय कारबाही नै जारी रहने हो, त्यो आउँदो दिनमा स्पष्ट हुनेछ ।
दुर्गा प्रसाईंको फोटो देखेपछि प्रदर्शनमा नगएको खुलासा
सांसद तामाङका अनुसार उनीहरू प्रदर्शनमा जान तयार भए पनि मञ्चमा दुर्गा प्रसाईंको फोटो देखेपछि सहभागी हुन अस्वीकार गरेका थिए ।
‘पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाहीसहित हाम्रो समूह प्रदर्शनमा जान सहमत थियो । तर मञ्चमा राजासँगै दुर्गा प्रसाईंको उस्तै साइजको फोटो देखियो । त्यो देखेपछि हामीले निर्णय बदल्यौं,’ उनले स्पष्ट गरे ।
उनले दुर्गा प्रसाईंको फोटो देखेपछि आफूलाई असहज महसुस भएको बताए । ‘फोटो देख्नेबित्तिकै टाप कसिहालेँ । डरै लाग्यो,’ तामाङले व्यंग्यात्मक लहजामा थपे ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares