काठमाडौँ — गत शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् । उनले घटनामा ज्यान गुमाएका सञ्चारकर्मी सुरेश रजक र अर्का युवक चालक सविन महर्जनलाई सहिद घोषणा गर्न पनि माग गरे ।
रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले कुनै एउटा पक्षलाई मात्र दोष दिएर सरकार उम्किन नहुने बताए । उनले भने, ‘तीनकुनेको त्यो अराजकता र उदण्डताको विरोध गर्छौं । तर यसमा कुनै एउटा पक्षमात्र जिम्मेवार छैनन् । ज्यान गुमाएका युवा सविन महर्जनलाई पछाडिबाट गोली हानेको भिडियो बाहिरिएका छन् । उनी भागेका पनि थिएनन्, ढुंगा हानिरहेका थिएनन् । पत्रकार सुरेश रजकको मृत्यु पनि शंकास्पद छ । यो घटनामा उच्चस्तरीय छानबिन आयोगको माग गर्दछौँ ।’
पत्रकार रजकका परिवारले गृहमन्त्रीसमक्ष उनलाई सहिद घोषणा गर्न, उचित क्षतिपूर्ति दिन र दोषीलाई कारबाही गर्न माग गरेका छन् । यस घटनामा नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ जना र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका छन् ।
साथै नौ वटा सरकारी सवारी र छ वटा निजी सवारी साधनमा आगजनी भएको छ । विभिन्न १४ स्थानमा आगजनी, नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको प्रहरीले जनाएको छ । तीनकुने घटनाले मुलुकमा शान्ति, स्थायित्व र विधिको शासन सुनिश्चित गर्न सबै पक्षलाई संयमित रहन र समस्याको समाधान संवाद र समझदारीबाट खोज्न आवश्यक रहेको देखाएको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares